जीवन बीमा, स्वास्थ्य बीमा प्रीमियममा अब जीएसटी नलाग्ने- सीतारमण
हेल्थ


नयाँ दिल्ली, 04 सेप्टेम्बर (हि.स.)। जीएसटी परिषदले पोलिसी धारकहरूलाई ठूलो राहत दिएको छ। अब व्यक्तिगत जीवन बीमा र स्वास्थ्य बीमा पोलिसीको प्रीमियम सस्तो हुनेछ। वस्तुतः यी बीमा उत्पादहरूलाई माल एवं सेवा कर (जीएसटी) बाट छूट दिइएको छ। संशोघित दरहरू 22 सेप्टेम्बर, नवरात्रिको पहिलो दिनदेखि लागू हुनेछ।

केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले जीएसटी परिषदको 56औं बैठकपछि आयोजित प्रेस कफ्रेन्समा घोषणा गरिन् कि सबै प्रकारको व्यक्तिगत जीवन बीमा पोलिसी र त्यसको पुनर्बीमामा अब कुनै जीएसटी लाग्नेछैन। यसमा लाइफ, यूलिप वा एन्डोमेन्ट पोलिसी सामेल छन्। अहिले यिनीहरूमा 18 प्रतिशत जीएसटी लाग्छ।

उनले बताइन्, जीएसटी परिषदको फसेलापछि अब यिनीहरूमा पूर्ण रूपमा छूट दिइनेछ। यस बदलावको साथ सबै व्यक्तिगत जीवन बीमा पोलिसीहरू- जसमा टर्म लाइफ, यूलिप र एन्डोमेन्ट प्लान सामेल छन् र साथै यिनीहरूको पुनर्बीमा पनि अब शून्य जीएसटी श्रेणीमा आउनेछ। यो छूट सबै व्यक्तिगत स्वास्थ्य बीमा पोलिसीहरू, जसमा फेमिली फ्लोटर र वरिष्ठ नागरिक योजनाहरू सामेल छन र यिनीहरूको पुनर्बीमामा पनि लागू हुनेछ। सीतारमणले भनिन्, बीमामा जीएसटी समाप्त गर्दा आम जनको निम्ति यो अधिक किफायती हुनेछ। यसबाट देशभरिमा बीमा कवरेजको विस्तारमा मद्दत मिल्नेछ। बीमा बाहेक जीएसटी परिषदले धेरै आवश्यक वस्तुहरूमा पनि कर दरहरूमा कटौती गरेको छ।

सीतारमणले भनिन्, स्वास्थ्य क्षेत्रमा 33 जीवन रक्षक दवाहरूमा 12 प्रतिशतबाट जीएसटीको दरलाई शून्य गरिएको छ, जबकि केन्सर, दुर्लभ र दीर्घकालिक रोगहरूको उपचारमा प्रयोग हुने तीन महत्वपूर्ण दवाईहरूलाई पनि कर मुक्त गरिएको छ। यस बाहेक यूएचटी दूध, पनीर र रोटी, चपाती र पराठा जस्ता सबै भारतीय रोटीहरूमा अब कुनै जीएसटी लाग्नेछैन। नयाँ दरहरू 22 सेप्टेम्बरदेखि देशभऱि लागू हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande