पतिमाथि बञ्चरोले पत्नीको हत्या गरेको आरोप
पतिमाथि बञ्चरोले पत्नीको हत्या गरेको आरोप


जलपाइगढ़ी, 04 सेप्टेम्बर (हि.स.)। पतिमाथि बञ्चरोले पत्नीको हत्या गरेको आरोप लागेको छ। घटना बिहिवार बिहान जिल्लाको मयनागढ़ीको रामशाई बजार क्षेत्रमा घटेको हो। मृत गृहिणीको नाम प्रमिला ओराव (32) हो जबकि आरोपीको नाम राजकुमार ओराव हो। यस घटनाको खबर फैलिनसाथ क्षेत्रमा सनसनी फैलिएको छ।

पुलिस सूत्रहरू अनुसार, करम पूजा मेलाबाट घर फर्केपछि पति-पत्नीबीच कुनै कुरालाई लिएर बहस भएको थियो। प्रारम्भिक रूपमा बताइँदैछ कि यही बहसको कारण गृहणीको हत्या गरियो। पुलिसले घटनास्थलबाट उसको शव आफ्नो कब्जामा लिएर पोस्टर्माटमको निम्ति पठाएको छ। जबकि आरोपी पति राजकुमार ओराव अहिले फरार छ। मयनागढ़ी थाना पुलिसले उसलाई खोजीरहेको छ।

पुलिसले बतायो, वरपरका क्षेत्रहरूमा छापामारी अभियान शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande