लिस्बनमा ट्राम दुर्घटनाग्रस्त हुँदा 15 जनाको मृत्यु, धेरै घाइते
लिस्बनमा ट्राम दुर्घटनाग्रस्त हुँदा 15 जनाको मृत्यु, धेरै घाइते


लिस्बन, 04 सेप्टेम्बर (हि.स.)। पुर्तगालको राजधानी लिस्बनमा एक ट्राम दुर्घटाग्रस्त हुँदा 14 जनाको मृत्यु भयो र लगभग 18 जना घाइते भए। पुर्तगालको एमरजेन्सी सर्विसेज अनुसार, घाइतेहरूमा विदेशी नागरिक र एक नानी पनि सामेल छ।

गए साझँ लगभग 6 बजी (स्थानीय समयानुसार) पर्यटकहरूबीच खासै लोकप्रिय ट्राम सड़कको एक मोड़मा बिल्डिङसित ठोकियो र अनियन्त्रित भएर पहाड़बाट तल झऱ्यो। दुर्घटनामा 15 जनाको मृत्यु भयो र 18 जना घाइत भएका छन्। पुर्तगाल सकारले घटनाको जाँच गराउने भनेको छ।

राष्ट्रपति मार्सेलो रेबेलो डी सूसाले दुर्घटनाको शिकार भएका मानिसहरूप्रति गहिरो शोक समवेदना व्यक्त गर्दै घटनामा शोक व्यक्त गरेका छन्।

यूरोपीय यूनियनकी अध्यक्ष उर्सुला वानले पनि घटनाप्रति शोक व्यक्त गर्दै सोशल मीडिया प्लेटफार्म एक्समा पोस्ट साझा गरेकी छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande