इम्फाल, 03 सेप्टेम्बर (हि.स.)। मणिपुरमा सुरक्षाबलहरूले गत 24 घण्टामा लगातार अभियान चलाएर धेरै प्रतिबन्धित संगठनहरूका सक्रिय क्याडरहरूलाई पक्राउ गऱ्यो र लगभग 184.13 किलो गांजा सहित अन्य समान जफत गरेको छ। पक्रा पर्ने संकठनहरूमा केसीपी (सिटी मैइतेई) र केसीपी (पीडब्ल्यूजी) का दुई-दुई, पीएलएको एक क्याडर समेत एक अन्य सामेल छ।
सर्वप्रथम केसीपी (सिटी मैइतेई) का दुई क्याडर पक्रा परे। यसमा लैश्रम सुरनजोय मैतेई उर्फ थोई (28), निवासी लैरेनकाबी ममंग लाइकाई, थाना लामशांग, इम्फाल वेस्ट सामेल छ, जसलाई उसको घरबाट पक्राउ गऱियो। दोस्रो क्याडर फिजाम अथैलू मैतेई (26), निवासी सेक्ता मायाई लाइकाई, थाना लामलै, इम्फाल ईस्टलाई खबाम चुंब्रेईथोंगबाट पक्राउ गरियो। दुवैदेखि दुई मोबाइल फोन जफत भयो।
यस बाहेक पीपुल्स लिबरेशन आर्मी (पीएलए) को एक सक्रिय क्याडर पनि पक्रा पऱ्यो। उसको पहिचान कंगुजम नोंगमैखोम्बा मैइतेई (50), निवासी बासिखोंग, इम्फाल ईस्टको रूपमा गरिएको छ। उ बिष्णुपुर जिल्लामा आम जनता, व्यापारीहरू, स्कूलहरू र कलेजहरूबाट असूलीमा संलिप्त थियो। उदेखि दुई सिम कार्ड सहित एक मोबाइल फोन र एक बैगुनी रंगको स्कूटी (एमएन 01सी 3338) जफत गरियो।
यस बाहेक केसीपी (पीडब्ल्यूजी) का थप दुई सक्रिय क्याडरहरूलाई पनि पक्राउ गरियो। दुवै लैरेनकाबी गाउँ, थाना लामशांग, इम्फाल वेस्टका निवासी हुन्। उनीहरूको नाम युमनाम सूरचन्द्र सिंह (35) उर्फ सूर र हाओरोंगबम टोम्बा मैतेई (29) बताइएको छ।
साथै एक अन्य कारबाहीमा खोमद्रम देबेन मैतेई (43), निवासी नाम्बोल लौरेम्बम मैनिंग लाइकाई, बिष्णुपुर जिल्लाई न्यू कैथेलमंबी पुलिस पोइन्ट, थाना पटसई, इम्फाल वेस्टबाट पक्राउ गरियो। उदेखि लगभग 184.13 किलो गांजा, परिवहनको निम्ति प्रयोग गरिएको एक टाटा ट्रक र मोबाइल फोन औं सिम कार्ड जफत गरियो।
यस अभियानको सम्बन्धमा सुरक्षाबलले बताएको छ, यो अभियान राज्यभरिमा उग्रवाद औ अवैध गतिविधिहरू विरूद्ध जारी सघन प्रयासहरूको हिस्सा हो।
हिन्दुस्थान समाचार / भवानी थामी