मिरिकमा आगामी फूलपाती शाेभायात्रा निकालिने विषयमा सभा सम्पन्न
मिरिकमा आगामी फूलपाती शाेभायात्रा निकालिने विषयमा सभा सम्पन्न


खरसाङ 04 सेप्टेम्बर (हि.स)। मिरिकमा यस वर्ष भव्यताकाे साथ फूलपाती शाेभायात्रा निकालिने भएकाे छ। उक्त विषयलाई केन्द्र गरेर आज मिरिक रङ्गशाला भवनमा एउटा सभा सम्पन्न भयो। सभामा जीटीएका कार्यकारी सभासद अरूण सिग्ची, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, सभासदहरू मिलेस राई, धुर्ब बम्जन, जनसम्पर्क अधिकारी विवेक गाेले, मिरिक सूचना एवं सांस्कृतिक विभागका प्रभारी मिलन राई लगायत विभिन्न धार्मिक संघ संस्था अनि मन्दिर सञ्चालन समितिका पदाधिकारीहरू उपस्थित थिए। सभाले मिरिकमा भव्य रूपमा विविध कार्यक्रमकाे साथमा फूलपाती शाेभा यात्रा निकाल्ने प्रस्ताव पारित गरेकाे आयाेजक समितिका सचिव एवं कार्यकारी सभासद अरूण सिग्चीले पत्रकारहरूलाई बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande