नागपुरको सोलर एक्सप्लोसिव कम्पनीमा भीषण विस्फोट, 1 मजदूरको मृत्यु, 16 घाइते
नागपुर


नागपुर, 04 सेप्टेम्बर (हि.स.)। नागपुर जिल्लाको बाजारगाउँ स्थित सोलर ग्रुपको रक्षा क्षेत्रसित जोड़िएको आयुध निर्माण कम्पनी इकोनोमिक एक्सप्लोसिव लिमिटेड (ईईएल) मा बुधवार मध्यरातमा 12.34 बजी भीषण विस्फोट भयो। दुर्घटनामा सुपरवाइजर मयूर गणवीर (25) को मृत्यु भयो जबकि 16 मजदूर घाइते भएका छ्न। यसमध्ये चारको स्थिति गम्भीर बताइएको छ।

यो विस्फोट कम्पनीको पीपी-15 संयंत्रमा भयो। प्रारम्भिक जानकारी अनुसार, विस्फोट अगाड़ी आगो लागेको घटना भएको थियो, जसबाट केही मजदूरहरूले बाहिर निस्किने अवसर पाए अन्यथा जनहानि अझ् अधिक हुनसक्थ्यो। विस्फोटको प्रभाव यति तीव्र थियो कि यसको गुञ्ज बाजारगाउँ सहित शिवा, सावंगा र वरपरका 10 गाउँसम्म महसूस गरियो। जोडदार आवाज सुनेर मानिसहरू आत्तिएर घर बाहिर निस्के।

घाइतेहरूमा कैलास वर्मा, मनीष वर्मा, सनी कुमार, अरुण कुमार, अतुल मडावी, सौरभ डोंगरे, तेजस बान्धते, सूरज गुटके, अखिल बावणे, धर्मपाल मनोहर सामेल छन्। दुर्घटनाको शिकार भएका 14 घाइतेलाई नागपुरको दन्दे अस्पतालमा भर्ती गरिएको छ जबकि अन्य दुईलाई राठी अस्पताल, धन्तोलीमा स्थानान्तरित गरिएको छ। विस्फोटको कारण कम्पनीको लाखौंको मशीन र सामग्री पूर्ण रूपमा जलेर खरानी भयो। घटनाको समय राति 11 बजीपछिको शिफ्ट चालू थियो र मजदूर प्रयोगशाला एवं विभिन्न यूनिट्समा कार्यरत थिए।

घटना भएको तुरन्तै पूर्व गृहमन्त्री अनिल देशमुखले त्यहाँ पुगेर स्थितिको जायजा लिए। उनको वसन्तराव देशमुख प्रतिष्ठानको एम्बुलेन्समा छह घाइतेलाई तत्काल नागपुर पठाइयो। वर्तमान सुरक्षा कारणहरूले कम्पनी परिसरमा प्रवेशमा रोक लगाइएको छ।

सोलर ग्रुप कम्पनीले भारतको रक्षा क्षेत्रका साथै 30 भन्दा अधिक देशहरूलाई विस्फोटक र हतियारहरूको आपूर्ति गर्दछ। यद्यपि, यस फ्याक्ट्रीमा हरेक वर्ष दुर्घटनाहरू दर्ता गरिँदै आएको छ र मजदूरहरूको सुरक्षालाई लिएर कम्पनीमाथि लापरवाहीको आरोप पनि लगातार लाग्दै आइरहेको छ। ताजा दुर्घटनापछि कम्पनीको कार्यप्रणाली र सुरक्षा व्यवस्थाहरूमाथि फेरि गम्भीर प्रश्न खड़ा भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande