शिक्षकहरू हाम्रा मार्गदर्शक र समाज निर्माणका आधारस्तम्भ हुन्: मुख्यमन्त्री
ps tamang


गान्तोक, 04 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेससिंह तामाङले डा. सर्वपल्ली राधाकृष्णनको जन्मजयन्तीको अवसरमा मनाइने शिक्षक दिवस-२०२५ को पावन अवसरमा सम्पूर्ण शिक्षक समुदायलाई हार्दिक शुभकामना तथा उच्च सम्मान व्यक्त गरेका छन्। उनले विशेषगरि सिक्किम राज्यका शिक्षक-शिक्षिकाहरूलाई सम्झना साथै शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, शिक्षकहरू हाम्रा मार्गदर्शक र समाज निर्माणका आधारस्तम्भ हुन्। जसले सिक्किममा, पुस्तौँलाई मूल्य, ज्ञान र धैर्यतासहित अभिवृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। जसले व्यक्तिको मात्र नभएर राज्यको सामूहिक प्रगतिलाई आकार दिएको छ। कक्षाकोठा मात्र नभएर त्यहाँबाट बाहिर पनि उहाँहरूको भूमिका विशाल रहेको छ। जसले चरित्र निर्माणसँगै आत्मविश्वास जगाउँछन् अनि राष्ट्र तथा विश्वका लागि उत्तरदायी नागरिकहरू तयार पार्दछन्।

मुख्यमन्त्रीले शिक्षकहरूलाई निरन्तरताका साथ विद्यार्थीहरूसँग बलियो र स्नेहपूर्ण सम्बन्ध कायम गर्दै जिज्ञासा, सृजनशीलता र नवप्रवर्तनलाई प्रोत्साहित गर्न तथा उद्यमी र नेतृत्वकर्ता बन्नतर्फ उनीहरूलाई मार्गदर्शन गर्न आग्रह गरेका छन्। उनले यस महत्त्वपूर्ण दिनमा शिक्षकहरूलाई सम्मान र उत्सवका साथ सम्झना गरौँ, जो ज्ञान, बुद्धि र प्रेरणाका अविरल झर्ना हुन् भनी आह्वान पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande