संघको समन्वय बैठक-शताब्दी वर्षका तयारीहरू र वर्तमान परिस्थितिहरूमाथि छलफल गरिने
प्रेस


जोधपुर, 04 सेप्टेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को अखिल भारतीय समन्वय बैठक शुक्रवारदेखि जोधपुरमा शुरू हुनेछ। तीन दिन (5, 6 र 7 सेप्टेम्बर) सम्म चल्ने यस बैठकमा भाजपा, विश्व हिन्दू परिषद, मजदूर एवं किसान संघ सहित संघसित जोड़िएका विविध संगठनले भाग लिनेछन्। बैठकमा संघको शताब्दी वर्षको तयारीहरू र देशको वर्तमान परिस्थितिहरूमाथि छलफल गरिनेछ।

आरएसएसका अखिल भारतीय प्रचार प्रमुख सुनील आम्बेकरले बिहिवार यहाँ पत्रकारहरूलाई यसबारे जानकारी दिए। उनको साथ सह प्रचार प्रमुख प्रदीप जोशी पनि उपस्थित रहे।

आम्बेकरले बताए, यो बैठक प्रतिवर्ष हुन्छ। पछिल्लो बैठक केरलको पालक्काडमा आयोजित भएको थियो। यस पाली जोधपुरको बैठकमा लगभग 320 कार्यकर्ताहरू सामेल हुनेछन्। यसमा 32 विविध संगठनहरूका 249 भन्दा अधिक प्रतिनिधि उपस्थित रहनेछन्। बैठकको शुभारम्भ शुक्रवार बिहान 9 बजी हुनेछ।

बैठकमा सरसंघचालक मोहन भागवत र सरकार्यवाह दत्तात्रेय होसबालेले मार्गदर्शन दिनेछन्। सबै सह सरकार्यवाहको पनि उपस्थिति हुनेछ। साथै प्रत्येक संगठनका राष्ट्रिय अध्यक्ष, संगठन मन्त्री र अन्य पदाधिकारी भाग लिनेछन्। संघसित जोड़िएका संगठन समाज जीवनको विविध क्षेत्रहरूमा कार्यरत छन्। उनीहरूले शिक्षा, सेवा, सामाजिक सद्भाव र जनजागरण जस्ता क्षेत्रहरूमा सक्रिय भूमिका निभाइरहेका छन्।

आम्बेकरले स्पष्ट पारे कि यो बैठक निर्णय लिने हुँदैन तर समन्वय बढ़ाउने मंच हो। संगठनले यहाँ आ- आफ्नो कार्यको विवरण र आकलन प्रस्तुत गर्छन्। उसले देशको परिस्थिति र समाजको आवश्यकताहरूलाई मध्यनजर गेरर आफनो सुझाउ साझा गर्छन्। संगठनले आफ्नो कार्यकारिणी बैठकहरूमा निर्णय लिन्छ।

संगठनहरूको कार्यपद्धतिमाथि प्रकाश पार्दै आम्बेकरले भने, संघसित जोड़िएका संगठन समाजको विविध क्षेत्रहरूमा कार्यरत छन्। उनीहरूले क्षेत्रसित जोड़िएका कमीहरू र अपेक्षाहरूको अध्ययन गर्छन्। साथै समाधान खोज्छन्। आवश्यकता पर्दा सरकारसम्म आफ्नो कुरा राख्छन् र आवश्यकता परे आन्दोलन पनि गर्छन्। यस प्रक्रियाको उद्देश्य समाजमा अपेक्षित परिवर्तन र देशहितमा कार्य गर्नु हो।

यस पालीको बैठक विशेष रूपमा महत्वपूर्ण छ। आगामी विजयदशमी पर्वमा संघले आफ्नो 100 वर्ष पूरा गर्न गइऱहेको छ। बैठकमा शताब्दी वर्षका योजनाहरूमाथि पनि चर्चा हुनेछ। नागपुरदेखि शताब्दी कार्यक्रमको शुरूआत गर्नेछ। यसपछि हिन्दू सम्मेलन, गृह सम्पर्क र सामाजिक सद्भावका बैठकहरू हुनेछ। विविध संगठन शताब्दी वर्षमा के योगदान दिनसक्छन् वा उनीहरूले के सोचेका छन्, यसमाथि पनि छलफल गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande