पान-गुटखाको पैसा नदिँदा दोकानेले गऱ्यो ग्याङ्ग्स्टरको हत्या
पान-गुटखाको पैसा नदिँदा दोकानेले गऱ्यो ग्याङ्ग्स्टरको हत्या


मीरजापुर, 04 सेप्टेम्बर (हि.स.)। अदलहाट थाना क्षेत्रमा मामूली विवादले ठूलो रूप लियो। पान-गुटखा र सिगरेटको पैसा नदिँदा एक दोकानेले ग्याङ्स्टर एक्टमा वाञ्छित सूरज गिरिको चक्कु घोपेर र बोल्डरले हत्या गऱ्यो। पुलिसले आरोपी दोकानेलाई हिरासतमा लिएको छ।

टेडुआ निवासी 28 वर्षीय सूरज गिरि पुत्र मंगला गिरि मिर्जामुराद निवासी थियो र उ विरूद्ध लूट र चोरी समेत आठ मामिला दर्ता थियो। बुधवार उ आफ्नो गाउँ आएको थियो र पान दोकानमा समान लिएपछि पैसा दिन अस्वीकार गऱ्यो। यही कुरालाई लिएर दोकाने विशाल गिरिसित उसको भनावैरी भयो। विवाद यति बढ्यो कि विशालले पहिले चक्कुले हमला गऱ्ये र फेरि टाउँकोमा बोल्डर हिर्कायो।

गम्भीर रूपमा घाइते सूरजलाई वाराणसी ट्रामा सेन्टर लगियो, जहाँ डाक्टरहरूलाई उसलाई मृत घोषित गरे।

एसपी अपरेशन ओप सिंहले बताए, दुवैबीच पहिलेदेखि सम्बन्ध राम्रो थिएन। पुलिसले शिकायतको आधारमा मामिला दर्ता गरी अग्रिम कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande