निष्कासित श्रावणी दत्तका समर्थक एवं वार्डवासीहरूले गरे मेयरसित भेट
निष्कासित श्रावणी दत्तका समर्थक एवं वार्डवासीहरूले गरे मेयरसित भेट


सिलगढ़ी, 04 सेप्टेम्बर (हि.स.)। मेयर परिषदको पदबाट निष्कासित श्रावणी दत्तका समर्थक एवं वार्डवासीहरूले बिहीवार घटनाको विरोधमा मेयर गौतम देवको घर सामु भेला भएर प्रदर्शन गरे। बिहान उनीहरू कलेज पाड़ास्थित मेयरको घरमा भेला भए। पछि केही मानिसहरूले मेयरसित भेट गरे। मेयरसित श्रावणीका समर्थकहरूले लामो समयसम्म कुराकानी गरे।

स्थानीयहरूको आरोप छ, घटनाको पूर्ण जाँच नगरी उनीहरूकी वार्ड वार्षविरूद्ध कारवाही गरिएको छ। अर्कोतिर मेयर गौतम देवले भने, श्रावणी दत्ताा वार्डवासीहरूले उनीसित भेट गरे। उनीहरूको कुरालाई राज्य नेतृत्वसम्म पुऱ्याइनेछ।

उल्लेखनीय छ, गत आइतवार राती गणेश पूजा विसर्जनपछि आश्रम पाड़ामा श्रावणी दत्ताको स्थानीय केही मानिसहरूसित विवाद भएको थियो। आरोप छ, श्रावणीले नशामा चुर भएर उनीहरूमाथि हमला गरेकी थिइन्। यसको तुरून्तपछि उनलाई मेयर परिषद पदबाट हटाइएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande