सिंगापुर प्रमुख वाणिज्यिक सहयोगी र ‘एक्ट ईस्ट पोलिसी’ को अहम स्तम्भ : मोदी
वोङ


नयाँ दिल्ली, 04 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी र सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङबीच बिहिवार द्विपक्षीय वार्ता भयो। यस अवधि दुवै नेताले बहुआयामी साझेदारीलाई अझ् सशक्त बनाउने अवसरहरूमाथि छलफल गरे। प्रधानमन्त्री मोदीले सिंगापुरलाई भारतको प्रमुख वाणिज्यिक सहयोगी र ‘एक्ट ईस्ट पोलिसी’ को अहम स्तम्भ बताए।

प्रधानमन्त्री मोदी र सिंगापुरका प्रधानमन्त्री वोङबीच दिल्लीको हैदराबाद हाउसमा भएको द्विपक्षीय वार्तामा आर्किटेक्चर, हरित शिपिंग, कौशल विकास, जल प्रबन्धन, परमाणु ऊर्जा र उन्नत विनिर्माण जस्ता क्षेत्रहरूमाथि विशेष ध्यान दिइयो। एआई, क्वान्टम र डिजिटल टेक्नोलोजी, अन्तरिक्ष विज्ञान तथा सेमीकन्डक्टर उद्योगमा सहयोगको नयाँ अध्याय जोड्ने निर्णय पनि लिइयो। कुराकानीपछि दुवै नेताले संयुक्त रुपमा प्रेस कन्फ्रेन्सलाई सम्बोधित गरे।

प्रधानमन्त्री मोदीले सिंगापुरलाई दक्षिण पूर्व एशिया क्षेत्रमा भारतको सबैभन्दा ठूलो वाणिज्यिक सहयोगी बताए। उनले भने, सिंगापुरबाट भारतमा व्यापक स्तरमा निवेश भएको छ। गत साल सिंगापुर यात्रामा उनले आफ्नो सम्बन्धहरूलाई व्यापक रणनीतिक भागीदारीको दर्जा दिएका थिए औं यस वर्ष संवाद र सहयोगमा गति अझ् गहिरिएको छ।

सिंगापुरलाई भारतको एक्ट ईस्ट पोलिसीको महत्वपूर्ण स्तम्भ बताउदै प्रधानमन्त्रीले भने, हामी आसियानको साथ सहयोग र इन्डो पेसिफिक क्षेत्रमा शान्ति र स्थिरताको निम्ति संयुक्त विजनलाई अगाड़ी बढ़ाउनका लागि मिलेर काम गरिरहनेछौं। भारत र सिंगापुरको सहयोग आजको वार्तापछि पारम्परिक क्षेत्रसम्म सीमित रहनेछैन। हामीले आफ्नो भागीदारीको भविष्यको निम्ति एक विस्तृत रोडम्याप तयार पारेका छौं। बदलिँदो समय अनुरूप आर्किटेक्चर, उन्नत विनिर्माण, हरित शिपिंग, कौशल, नागरिक परमाणु र जल प्रबन्धन सहित विविध क्षेत्र वार्ताको केन्द्र बिन्दू रहे।

प्रधानमन्त्रीले भने, हाम्रो सम्बन्ध कूटनीतिभन्दा धेरै अगाड़ीसम्म जान्छ। यो एक उद्देश्यपूर्ण साझेदारी हो, जुन साझा मूल्यहरूमाथि आधारित छ, आपसी हितहरूले निर्देशित छ र शान्ति, प्रगति र समृदधिको साझा दृष्टिकोणले प्रेरित छ। गत साल सेमीकन्डक्टर क्षेत्रमा भएको भागीदारी समझौताले शोध र विकास कार्यलाई नयाँ दिशा दिएको छ। सिंगापुरले चेन्नईमा एक राष्ट्रिय कौशल उत्कृष्ट केन्द्र स्थापित गर्नमा सहयोग दिनेछ। सेमीकन्डर इण्डिया कन्फ्रेन्समा सिंगापुरका कम्पनीहरूले वेञ्चर गरी हिस्सा लिइरहेका छन्।

प्रधानमन्त्री मोदीले बताए, दुवै देशले तय गरेका छन् कि हामीले एआई, क्वान्टम र अन्य डिजिटल टेक्नोलोजी क्षेत्रमा सहयोग बढ़ाउनेछौं। आज स्पेस क्षेत्रमा पनि समझौता भएको छ, जसबाट अन्तरिक्ष विज्ञानमा सहयोगको नयाँ अध्याय जोड़िन गइऱहेको छ। टेक्नोलोजी र नवाचारमा हाम्रो साझेदारी दुवै देशको सम्बन्धहरूको मजबूत स्तम्भ हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande