सुलतानपुरमा युवकको धारिलो हतियारले हत्या
सुलतानपुरमा युवकको धारिलो हतियारले हत्या


सुलतानपुर, 04 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको सुलतानपुर जिल्लाको चान्दा कोतवाली क्षेत्रमा एक दलित युवकको हत्या गरियो। शव बिहिवार किन्दीपुर बजारमा रक्सी ठेकाको पछाड़ी रूख निकट फेला परेको छ। पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो।

चान्दा कोतवालीको कायामुद्दिनपुर (किन्दीपुर) निवासी महेश कुमार उर्फ मेन्टल (35) पुत्र गंगादीनको शव बिहिवार भेटियो। युवक महेश कुमार बुधवार साझँदेखि बेपत्ता थियो। परिजनहरूले उसलाई धेरै खोजे तर उसको पत्तो लागेन। बुधवार बिहान गाउँलेहरूले उसको शव किन्दीपुर बजारको रक्सी ठेकाको पछाड़ी महुआको रूख निकट भेटाए। धारिलो हतियारले उसको गला रेतेको निशान छ। उ विवाहित थियो र उसका दुई नानी छन्।

अपर पुलिस अधीक्षक अखण्ड प्रताप सिंहले बताए, शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठाइएको छ। पुलिस टीमले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। अज्ञात हत्याराहरूको खोज जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande