प्रयागराज, 04 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लामा सराय ममरेज थाना क्षेत्रमा बिहिवार दुई दिनदेखि बेपत्ता किशोरीको शव पोखरीमा भेटिएको छ। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गरेको छ।
अपर पुलिस उपायुक्त गंगानगर पुष्कर वर्माले बताए, सराय ममरेज थाना क्षेत्रको खखैचा गाउँ निवासी किशोरी किरन (16) दुई दिन अगाड़ी बेपत्ता भएकी थिइ। परिजनहरूले सोधपुछमा बताए, किरन 2 सेप्टेम्बरको रात मोबाइलमा कल आएपछि घरबाट निस्केकी थिइ। त्यसपछि उ फर्किनन्। उसले मोबाइल पनि घेरमै छोड़ेर गएकी थिई। उ घर नफर्किन्दा परिजनले उसलाई खोज्नु शुरू गरे तर उसको कुनै पत्तो लागेन। आज बेपत्ता किरनको शव गाउँ स्थित पोखरीमा भेटियो। यसको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएर छानबीन शुरू गऱ्यो। परिजनहरूले उसको अनुहारमा चोटको निशान देखेर हत्याको आशंका व्यक्त गरेका छन्। जाँचमा प्रथम दृष्टया किशोरीको मृत्यु पानीमा डुबेको कारण भएको प्रतीत भइऱहेको छ। फेरिपनि मृत्युको स्पष्ट कारण जान्न पोस्टमार्टम गराइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी