`द बंगाल फाइल्स' पश्चिम बंगालमा रिलीज हुन सकिरहेको छैन, निर्माताले राष्ट्रपतिसित लगाए गुहार
`द बंगाल फाइल्स' पश्चिम बंगालमा रिलीज हुन सकिरहेको छैन, निर्माताले राष्ट्रपतिसित लगाए गुहार


नयाँ दिल्ली, 04 सेप्टेम्बर (हि.स.)। विवेक अग्निहोत्री एवं पल्लवी जोशीको विवादहरूमा फंसेको फिल्म `द बंगाल फाइल्स' 05 सेप्टेम्बर अर्थात् भोली दुनियाभरिका सिनेमाघरहरूमा रिलीज भइरहेको छ तर बंगालमा यस फिल्मलाई रिलीज हुन दिइऱहेको छैन। यस सम्बन्धमा विवेक अग्निहोत्रीले राष्ट्रपति द्रौपदी मुर्मूलाई चिट्ठी लेखेर मद्दतको गुहार लगाएका छन्।

यस फिल्मका निर्माता पल्लवी जोशीले आफ्नो चिट्ठी लेखेकी छन्, `द बंगाल फाइल्स' को निर्माता भएको नाताले बंगालको मल्टीप्लेक्स चेनले सत्ताधारी पार्टीको राजनीतिक दबाव र धम्कीहरूको कारण फिल्म रिलीज गर्न अस्वीकार गरेकोमा मलाई गहिरो दुःख लागेको छ। उनको संवैधानिक अधिकारहरूको रक्षा गरियोस् र यस फिल्मको बंगालमा रिलीज सुनिश्चित गरिने उनले निवेदन गरिन्।

यस स्थितिमा भाजपाका आईटी सेलका प्रमुख अमित मालवीयले बिहिवार पत्र साझा गर्दै भने, यस प्रकारको सेन्सरशिप खुल्ला रूपमा भएको यो पहिलो अवसर होइन। ‘दी केरल स्टोरी’ पनि थिएटरमा रिलीज हुनदेखि रोकिएको थियो जबकि अदालतले यसको अनुमति दिएको थियो तर ममता ब्यानर्जी प्रशासनको तर्फबाट हिंसाका धम्कीहरूको कारण फिल्म रिलीज हुन सकेन। हालमा जावेद अख्तरको एक कार्यक्रम पनि कट्टरपन्थी इस्लामी समूहहरूको दबाउमा रद्द गरियो। ममता ब्यानर्जीको तुष्टिकरणको राजनीति अब हाँस्यास्पद स्तरसम्म पुगिसकेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande