अजित पवारको महिला आईपीएस अधिकारीसित बहसलाई कांग्रेसले बतायो सत्ताको अहंकार
केसी


नयाँ दिल्ली, 06 सेप्टेम्बर (हि.स.)। महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको राज्यकी एक महिला आईपीएस अधिकारीको साथ फोनमा भएको बहसलाई कांग्रेसले सत्ताको अंहकार बताएको छ।

कांग्रेस महासचिव केसी वेणुगोपालले शनिवार एक्स पोस्टमा भनेका छन्, अजित पवारले अवैध बलुवा खनन विरूद्ध कारबाही गरिरहेकी आईपीएस अधिकारी अन्जना कृष्णासित जुन अहंकारी तरीकामा कुरा गरे, त्यसले सत्ता पक्षका नेताहरूको अहंकारलाई दर्शाउँछ। यो घटना यसको स्पष्ट उदाहरण हो कि शीर्ष स्तरमा रहेको अहंकारी संस्कृति कुन प्रकारले तल्लो स्तरसम्म पुग्दछ।

भ्रष्टाचार विरूद्ध कारबाही गर्ने अधिकारीहरूको सराहना गर्नका सट्टा उपमुख्यमन्त्री पवारले उनलाई हपारे औं उनको प्रयासहरूमा बाधा पुऱ्याउने प्रयास गरे। वेणुगोपालले पवारद्वारा पछि दिइएको स्पष्टीकरणलाई केवल एक बचाउको प्रयास बताए औं भने, पवारले आफ्नो असभ्य र अनुचित व्यवहारको निम्ति माफी पनि मागेनन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande