अमृतसर मन्दिर ग्रेनेड हमलाको मास्टरमाइन्ड सरणजीत उर्फ सनी बिहारको गयाजीबाट पक्राउ
एनआईए


पटना, 06 सेप्टेम्बर (हि.स.)। राष्ट्रिय जाँच एजेन्सी (एनआईए) को टीमले अमृतसर मन्दिर ग्रेनेड हमलाको मास्टरमाइन्ड खालिस्तानी सरणजीत उर्फ सनीलाई अबेर राति बिहारको गयाजीबाट पक्राउ गरेको छ।

लामो समयदेखि फरार चलिरहेको सरणजीत आफ्नो पहिचान लुकाएर हालमा बिहारमा बसिरहेको थियो। एनआईएको टीमले इनपुट पाएपछि अबेर राति छापामारी गरी उसलाई पक्राउ गऱ्योयो।

एनआईएको टीमलाई विगत केही दिनदेखि सरणजीत बिहारमा सक्रिय भएको सूचना प्राप्त भएको थियो। तबदेखि टीमले लगातार उसको गतिविधिहरूमा नजर राखिरहेको थियो। शुक्रवार अबेर राति जिल्लाको शेरघाटी थाना क्षेत्रको गोपालपुर गाउँ नजिक नेशनल हाईवेमा एनआईएको टीमले छापा मारेर सरणजीतलाई पक्राउ गऱ्यो। छापामारीको समय शेरघाटी पुलिस पनि घटनास्थलमा उपस्थित रह्यो।

गिरफ्तारीपछि एनआईएको टीम सरणजीतलाई लिएर शनिवार बिहान गयाजीबाट चण्डीगढ़को निम्ति प्रस्थान भयो। शेरघाटी थानाध्य़क्ष अजीत कुमारले बताए, सरणजीतलाई पक्राउ गरी एनआईएको टीम उसलाई लिएर आज बिहान चण्डीगढ़को निम्ति प्रस्थान भयो। चण्डीगढ़मा एनआईएले उसित केरकार गर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande