नयाँ दिल्ली, 6 सेप्टेम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले संगठित वाहन चोरी सिण्डिकेटको भण्डाफोर गर्दै एकजना वाहन चोरलाई पक्राउ गरेको छ। आरोपीलाई चाँद बाग, दिल्लीबाट पक्राउ गरिएको हो। पुलिसले उसको कब्जाबाट चोरीका दुईवटा वाहन, डुप्लीकेट चाबी र एउटा अन-बोर्ड डायग्नोस्टिक (ओबीडी) स्क्यानर जफत गरेको छ जसको प्रयोग चोरीका वाहनहरूको नक्कली चाबी बनाउनको लागि गरिन्थ्यो।
क्राइम ब्राञ्चका डीसीपी सञ्जय यादवले शनिवार बताए, जाँचमा थाहा लागे अनुसार यो गिरोहलाई दुबईमा बसेका कुख्यात अपराधी अमीर पाशाले संचालन गर्दै आइरहेको छ। पाशाको ग्यांगले दिल्ली-एनसीआर सहित देशका केही भागहरूमा लग्जरी वाहनहरूको चोरी गर्दछ। ग्यांगका सदस्यहरूले कम्प्यूटर आधारित स्क्यानिंग डिभाइस र की-प्रोग्रामिंग मशिनको सहयोगले वाहनहरूको ईसीएम कोड ह्याक गरेर नयाँ चाबी बनाउँथे। अहिलेसम्मको जाँचमा यस गिरोहका 9 जना सदस्यहरूलाई पक्राउ गरिसकिएको छ भने 17 वटा चोरीका वाहनहरूलाई जफत गरिसकिएको छ।
डीसीपी अनुसार विकासपुरी क्षेत्रबाट चोरी भएको एउटा वाहनको जाँच क्राइम ब्राञ्चले गरिरहेको थियो। जाँच गर्ने क्रममा पुलिस टीमलाई गुप्त सूचना प्राप्त भयो, आरोपी मुस्तफाबादमा लुकेर बसेको छ। त्यसपछि पुलिस टीमले आरोपालाई पक्राउ गऱ्यो।जाँचमा आरोपीको पहिचान चाँद बाग निवासी रिजवान (27)-को रूपमा भएको छ।
पुलिस अधिकारीहरू अनुसार पक्रा पर्ने आरोपी रिजवान पहिलाबाटै वाहन चोरी र एटीएम चोरीको मामिलामा सूचीबद्द आरोपी हो। उसले आफ्नो सौतेनी पिता ताज मोहम्मद र अफज़ालसित मिलेर अहिलेसम्ममा 25-30 वटा वाहनहरू चोरी गरिसकेको छ। पुलिसले आरोपीसित जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा