नयाँ दिल्ली, 06 सेप्टेम्बर (हि.स.)। भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट मतभेद हटाउने प्रयासहरूमा सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् र भनेका छन्, भारतले अमेरिकाको साथ आफ्नो साझेदारीलाई धेरै महत्व दिँदछ।
विदेश मन्त्री डा. एस जयशंकरले शनिवार भने, भारत अमेरिकाको साथ आफ्नो मित्रतालाई धेरै नै महत्व दिँदछ। हामीले अमेरिकाको साथ बातचीत जारी राखेका छौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट भारतमाथि लगाएको टेरिफको कारण दुवै देशको सम्बन्धमा हालमा केही फाटो देखिएको छ।
विदेश मन्त्रीले भने, प्रधानमन्त्री मोदीले अमेरिकाको साथ हाम्रो साझेदारीलाई धेरै महत्व दिन्छन्। राष्ट्रपति ट्रम्पको साथ उनको संधैदेखि धेरै राम्रो व्यक्तिगत सम्बन्ध रहेको छ तर मुद्दा यो हो कि हामीले अमेरिकाको साथ कुराकानी जारी राखेका छौं र यस समय उनले यसभन्दा अधिक केही बताउन सक्दैनन्।
उल्लेख्य, व्हाइट हाउसमा अमेरिकी राष्ट्रपति ट्रम्पले भारत-अमेरिका सम्बन्धहरूमाथि एक बयानमा प्रधानमन्त्री मोदीको व्यक्तित्वको प्रशंसा गरेका थिए औं उनीसित आफ्नो मित्रतालाई बनाई राख्ने कुरा भनेका थिए। उनले भनेका थिए, भारत र अमेरिकाबीच एक विशेष सम्बन्ध छ। यसमा चिन्ता गर्नुपर्ने कुनै कुरा छैन।
हिन्दुस्थान समाचार / भवानी थामी