किश्तवाड़ा र उधमपुर जिल्लाहरूमा सड़क सम्पर्क बहाल गर्नमा उल्लेखनीय प्रगति भयो- डा. जितेन्द्र सिंह
किश्तवाड़ा र उधमपुर जिल्लाहरूमा सड़क सम्पर्क बहाल गर्नमा उल्लेखनीय प्रगति भयो- डा. जितेन्द्र सिंह


श्रीनगर, 06 सेप्टेम्बर (हि.स.)। केन्द्रिय माननीय विज्ञान एवं प्रौद्योगिकी मन्त्री डा. जितेन्द्र सिंहले जम्मू-कश्मीरमा पैह्रो र वर्षाले भएको भारी नोकसानपछि किश्तवाड़ र उधमपुर जिल्लाहरूमा बन्द सड़क सम्पर्क बहाल गर्नमा उल्लेखनीय प्रगति भएको छ।

डा. जितेन्द्र सिंहले आफ्नो एक्स पोस्टमा भनेका छन्, थाथरीबाट किश्तवाड़सम्म राष्ट्रिय राजमार्ग (एनएच)-244 मा गएको पैह्रो क्षेत्रलाई बाईपास गरेर खोलिएको छ जबकि किश्तवाड़-चतरू-सिन्थन टप सड़क भारी चट्टानहरूलाई हटाउनका लागि हिज (शुक्रवार) गरिएको विस्फोट कार्यपछि आज शनिवार खोलिनेछ। उधमपुर जिल्लामा 400 क्षतिग्रस्त सड़कहरूमध्ये 50 प्रतिशतभन्दा अधिक सड़कहरूलाई अगावै बहाल गरिएको छ। प्रतिकूल मौसम भएपनि राष्ट्रिय राजमार्गमा यातायात बहालको काम जारी छ र एक वा दुई दिनमा यातायात सुचारू आवागमनको निम्ति सड़कहरू फेरि खोलिने अनुमान छ।

डा. सिंहले भने, गोरडी, लट्टी, डुडू र बसन्तगढ़ जस्ता परिधीय क्षेत्रहरूमा यातायात सम्पर्क बहाल गर्ने प्रयास जारी छ। रामनगर, मौंगरी, लट्टी र बसन्तगढ़का केही हिस्साहरूमा जलापूर्ति अहिलेपनि प्रभावित छ। तर ट्याङ्करहरूको माध्यमले वैकल्पिक आपूर्ति गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande