मुम्बईमा बम ब्लास्टको धम्की दिने नोएडाबाट पक्राउ
बम


नोएडा, 06 सेप्टेम्बर (हि.स.)। मुम्बईमा अनन्त चतुर्दशीको दिन 400 किलो आरडीएक्सले ठाउँ-ठाउँ बम धमाका गर्ने धम्की दिने अश्विनी नाम गरेको एक व्यक्तिलाई उत्तर प्रदेश र मुम्बई पुलिसले एक संयुक्त कारबाही अन्तर्गत शनिवार नोयडाबाट पक्राउ गरेको छ। मुम्बई पुलिस उलाई लिएर महाराष्ट्रको निम्ति प्रस्थान भएको छ।

04 सेप्टेम्बरमा मुम्बई पुलिसको व्हाट्सएप नम्बरमा बम ब्लास्टको धम्की दिने मेसेज पठाइएको थियो, जसमा धम्की दिनेले आफूलाई एक जेहादी संगठनको सदस्य बताएको थियो। आरोपीलाई पक्राउ गर्ने पुलिस टीमलाई आज पुलिस आयुक्त लक्ष्मी सिंहले 25 हजार रूपियाँ नगदी पुरस्कार दिने घोषणा गरेका छन्।

पुलिस आयुक्तको मीडिया प्रभारीले बताए, पक्रा परेको आरोपी अश्विनी कुमार सुप्रा मूल रूपमा बिहारको निवासी हो। गत पाँच वर्षदेखि उ नोएडामा बसिरहेको थियो। अश्विनीले आफूलाई ज्योतिषी बताउँथ्यो तर उसको करतूतले उसको उक्त दाबीमाथि प्रश्न तेर्साएको छ।

अश्विनीले धम्कीमा भनेको थियो, धेरै गाड़ीहरूमा बम राखिएको छ। यसमा 400 किलो आरडीएक्सको प्रयोग हुनेछ। उसले आफूलाई पाकिस्तानको जेहादी संगठन 'लश्कर-ए-जिहादी' को सदस्य बताउँदै 14 आतङ्की शहरमा छिरिसकेको दाबी गऱ्यो। उसले यो पनि भन्यो कि 34 गाड़ीमा 34 'ह्यूमन बम' लगाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande