चण्डीगढ़, 06 सेप्टेम्बर (हि.स.)। पञ्जाबका मुख्यमन्त्री भगवन्त मानको स्वास्थ्यमा सुधार भएको छ तर अहिले पनि उनी अस्पतालमै छन्। मुख्यमन्त्रीलाई शुक्रवार राति मोहालीको फोर्टिस हार्ट अस्पतालमा भर्ती गराइएको थियो। मुख्यमन्त्री भगवन्त मान 03 सेप्टेम्बरमा पञ्जाब दौड़ामा थिए, जहाँ उनी अस्वस्थ भए।
यसपछि आम आदमी पार्टी सुप्रीमो अरविन्द केजरीवालले मीडियामा दाबी गरे कि भगवन्त मानले केही नखाई खाली पेट बाढ़ी प्रभावित क्षेत्रहरूको दौड़ाह गरिरहेका थिए। यसपछि 04 सेप्टेम्बरमा सीएम आवासमै उनको उपचार गरियो। 05 सेप्टेम्बरमा मन्त्रीमण्डलको बैठक रद्द गरियो। यसबीच शनिवार दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया तथा पञ्जाबका वित्त मन्त्री हरपाल चीमाले भगवन्त मानलाई भेटेर उनको हालचाल सोधे। पार्टी नेताहरूले भगवन्त मानको उपचार गरिरहेका डाक्टरहरूबाट पनि जानकारी लिए।
यसपछि पत्रकारहरूसित कुराकानीमा पार्टी नेता मनीष सिसोदियाले भने, भगवन्त मानको इलेक्ट्रोलाइटस डिसबेलेन्स भएको थियो। जस कारण उनको पल्स रेट 44 सम्म पुगेको थियो। स्वास्थ्य अधिक खराब भएको कारण शुक्रवार राति फोर्टिसमा भर्ती गराइयो। शनिवार बिहान उनको स्वास्थ्यमा सुधार दर्ता गरिएको छ। भगवन्त अहिले अस्पतालमै रहनेछन्। डाक्टरहरूले उनलाई अहिले पूर्ण रूपमा फीट घोषित गरेका छैनन्। उनको रूटीन टेस्ट भइरहेको छ। आगामी एकदेखि दुई दिनभित्र भगवन्त मान फेरि पञ्जाबवासीहरूको सेवामा उपस्थित रहनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी