कांग्रेसले सोध्यो- के आम जनताले जीएसटी दर कटौतीको लाभ पाउनेछ
रमेश


नयाँ दिल्ली, 06 सेप्टेम्बर (हि.स.)। केन्द्र सरकारद्वारा जीएसटी दरहरूमा कटौतीको फसेलापछि कांग्रेसले कोरपोरेट मुनाफाखोरी रोक्ने आवश्यकतामाथि बल दिँदै के यसको लाभ वास्तवमा आम जनसम्म पुग्नेछ भनी प्रश्न तेर्साएका छन्।

कांग्रेस महासचिव जयराम रमेशले शनिवार सोशल मीडिया प्लेटफार्म एक्समा जीएसटीमा कोर्पोरेट मुनाफाखोरीलाई रोक्ने र आम जनलाई फायदा पुऱ्याउन बनाइएको राष्ट्रिय मुनाफाखोरी निरोधक प्राधिकरण (एनएए) लाई समाप्त गरिएको उल्लेख गर्दै सरकारसित कम भएका दरहरूको लाभ आम जनसम्म पुऱ्याउने माग गरे। उनले सरकारसित यसको निम्ति ठोस कदम उठाउने माग गरे ताकि राहत आम जनसम्म पुग्ने सुनिश्चित गरियोस् न केवल केही खास मानिसहरूसम्म सीमित रहोस्।

जयराम रमेशले भने, केन्द्रिय वस्तु एवं सेवा कर अधिनियम 2017 को धारा 171 अन्तर्गत एनएएको स्थापनाको उद्देश्य यो सुनिश्चित गर्नु थियो कि जीएसटी दरहरूमा कटौतीले उपभोक्ता दरहरूमा कमी आओस् र कोर्पोरेट कम्पनीहरूको मुनाफाखोरीमा अंकुश लागोस्। यद्यपि, 30 सेप्टेम्बर 2024 मा केन्द्र सरकारले एक अधिसूचना जारी गरी 01 अप्रेल 2025 देखि एनएएलाई लगभग समाप्त गऱ्यो।

रमेशले भने, एनएए समाप्त भएपछि अब यो कसरी सुनिश्चित हुनेछ कि जीएसटी दरहरूमा कटौतीको लाभ आम जनसम्म पुगोस्। के एनएएले नयाँ जीवन पाउनेछ या सरकारले अन्य कुनै व्यवस्था गर्नेछ ?

उल्लेख्य, केन्द्रिय वस्तु एवं सेवा कर अधिनियम, 2017 को धारा 171 अन्तर्गत व्यवसायहरूलाई जीएसटी दरहरूमा कटौती वा इनपुट ट्याक्स क्रेडिट (आईटीसी) को लाभ उपभोक्ताहरूसम्म पुऱ्याउनु अनिवार्य थियो। यसको निम्ति राष्ट्रिय मुनाफाखोरी रोधी प्राधिकरण (एनएए) को स्थापना 2017 मा गरियो, जुन 2022 सम्म सक्रिय रह्यो। यस अवधि एनएएले हिन्दुस्तान यूनिलीवर, ज्यूबिलेन्ट फूडवर्क्स र मैकडोनल्ड्स जस्ता कम्पनीहरू विरूद्ध कारबाही गऱ्यो। यद्यपि, 2022 एनएएलाई समाप्त गरियो र 01 अक्टोबर 2024 देखि मुनाफाखोरीको मामिला जीएसटी अपीलीय ट्रिब्यूनल (जीएसटीएटी) लाई सुम्पियो। 1 अप्रेल, 2025 देखि मुनाफाखोरीको शिकायतहरू स्वीकार गर्नु बन्द गरियो किनभने सरकारको भनाई छ कि जीएसटी प्रणाली स्थिर भइसकेको छ। यद्यपि, उपभोक्ताहरूको अनुभवले बताउँछ कि कोरपोरेट्स कर छूटको लाभ दिनका सट्टा नाफा बढ़ाइरहेको छ। केरलका वित्त मन्त्री केएन बालगोपाल र उत्तर प्रदेशका वित्त मन्त्री सुरेश कुमार खन्नाले हालमा जीएसटी काउन्सिलको बैठकमा मुनाफाखोरीमाथि चिन्ता व्यक्त गरिसकेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande