झारखण्ड: 10 लाख रूपियॉं इनाम भएको नक्सली भिडन्तमा मारिए
झारखण्ड: 10 लाख रूपियॉं इनाम भएको नक्सली भिडन्तमा मारिए


पश्चिमी सिंहभूम, 07 सेप्टेम्बर (हि.स.)। झारखण्डको पश्चिमी सिंहभूम (चाईबासा) जिल्लाको गोइलकेरा थाना क्षेत्रको रेलापराल गाउॅंस्थित बुरजूवा पहाडी क्षेत्रमा आइतवार बिहान नक्सलीहरूसॅंग भएको भिडन्तमा सुरक्षाबलहरूले 10 लाख इनाम भएको नक्सलीलाई मारेका छन्।

चाईबासा पुलिसलाई क्षेत्रमा नक्सलीहरूको मूभमेन्टबारे गुप्त सूचना प्राप्त भएको थियो। यसपछि, पुलिस र सुरक्षाबलहरूको टीमले आइतवार बिहान रेलापराल क्षेत्रमा सर्च अभियान शुरू गऱ्यो। सुरक्षाबलहरूलाई देख्नसाथ नक्सलीहरूले गोलीबारी शुरू गरे, जसको जवाफमा जवानहरूले पनि मोर्चा सम्हाल्दै गोलीबारी गरे।

धेरै घण्टासम्म चलेको यस भिडन्तमा भाकपा माओवादीको जोनल कमाण्डरसहित हांसदा उर्फ अपटन मारिए। नक्सलीमाथि झारखण्ड सरकारले 10 लाख रूपियॉंको इनाम घोषित गरेको थियो। घटनास्थलबाट शव र हतियार बरामद गरिएका छन्।

भिडन्तको क्रममा बाकी नक्सलीहरू जंगलमा भाग्न सफल भएका छन्। पुलिस र सुरक्षाबलहरूले क्षेत्रलाई घेरेर सघन चर्स अभियान चलाएको छ। एसपी राकेश रंजनले भिडन्तमा एक नक्सली मारिएको पुष्टि गर्दै भने, क्षेत्रमा अतिरिक्त बल पठाइएको छ। क्षेत्रमा सर्च अभियान जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande