जोधपुर, 07 सेप्टेम्बर (हि.स.)। जोधपुरमा राष्ट्रिय स्वयंसेवक संघको तीन दिवसीय अखिल भारतीय समन्वय बैठकको आज अन्तिम दिन हो। विविध संगठनहरूका राष्ट्रिय अध्यक्षहरू र संगठन मन्त्रीहरूको उपस्थितिमा भएको यस बैठकको समापन सरसंघचालक मोहन भागवतको उद्बोधनबाट हुनेछ।
बैठकमा पञ्जाबमा मतान्तरण र नशाको समस्यामाथि चिन्ता व्यक्त गरियो। बंगालमा घुसपैठ र कानून-व्यवस्थाको स्थितिलाई गम्भीर चुनौती बताइयो। मणिपुरमा शान्ति प्रयासहरू र जनजातिय क्षेत्रहरूमा नक्सली प्रभाव कम हुनलाई सकारात्मक संकेत मानियो। साथै संघको शताब्दी वर्षसित जोड़िएका कार्यक्रमहरू र समाज परिवर्तनसित सम्बन्धित संघको तर्फबाट दिइएको पंच परिवर्तन विषयक योजनाहरूमाथि विचार भयो।
बैठकबारे संघका अखिल भारतीय प्रचार प्रमुख सुनील आम्बेकरले आज पत्रकारहरूलाई जानकारी दिए। उनले बताए, संघ र त्यससित जोड़िएको संगठन समाजमा एकता र सहयोगको भावनालाई मजबूत बनाउन सतत प्रयास गरिरहेका छन्। महिला सहभागिता, शिक्षाको भारतीयकरण, सामाजिक चुनौतीहरू र राष्ट्रिय सुरक्षासित सम्बन्धित मुद्दाहरू चर्चाको मुख्य बैठकको केन्द्रमा रहे।
महिला समन्वयको विषयमा उनले बताए, विविध संगठन महिलाहरूलाई नेतृत्व र भागीदारीको अधिक अवसर दिइरहेका छन्। अपरेशन सिन्दूरमा देशभरिमा 887 कार्यक्रम आयोजित भयो, जसलाई विविध क्षेत्रमा कार्यरत महिलाहरूले आयोजित गरे। बैठकमा क्रीड़ा भारतीले खेल जगतका महिलाहरूसित जोड़िएका मुद्दाहरूमाथि अध्ययन प्रस्तुत गऱ्यो।
आम्बेकरले शिक्षाको क्षेत्रमा राष्ट्रिय शिक्षा नीतिलाई सकारात्मक कदम बताए। उनले भने, देशभरिमा शिक्षासित जोड़िएका विभिन्न संगठनले यसलाई धरारतलमा उतार्न सहयोग दिने प्रयास गरिरहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी