देहरादून, 07 सेप्टेम्बर (हि.स.)। श्री बदरीनाथ-केदारनाथ मन्दिर सहित बीकेटीसीका सबै अधीनस्थ मन्दिरहरूको कपाट ग्रहणकालको सूतक शुरू हुन अगावै बन्द गरिए।
श्री बदरीनाथ र श्री केदारनाथ मन्दिर सहित सबै साना ठूला अधीनस्थ मन्दिरहरूमा चन्द्रग्रहण शुरू हुन सूतक काल 9 घण्टा अगाड़ी अर्थात् 07 सेप्टेम्बर आइतवार दिउँसो 12 बजेर 58 मिनटमा बन्द गरिएको छ। चन्द्रग्रहण पूरा भएपछि सबै मन्दिरहरू 08 सेप्टेम्बर प्रातः शुद्धिकरणपछि यथासमय दर्शनको निम्ति खोलिनेछ। श्री बदरीनाथ-केदारनाथ मन्दिर समितिका मीडिया प्रभारी डा. हरीश गौड़ले यो जानकारी दिए।
हिन्दुस्थान समाचार / भवानी थामी