प्रधानमन्त्री मोदीले बाढ़ग्रस्त पञ्जाबको भ्रमण गर्ने, 9 सेप्टेम्बरमा गुरुदासपुर जाने
pm modi


नयॉं दिल्ली, 07 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले 9 सेप्टेम्बरमा बाढ़ प्रभावित पञ्जाबको भ्रमण गर्नेछन्। यस क्रममा प्रधानमन्त्रीले बाढ प्रभावित क्षेत्रका मानिसहरूसॅंग कुराकानी गरेर स्थितिको बारेमा जानकारी लिनेछन्। भाजपाको पञ्जाब एकाईले सोशल मिडिया एक्समा उक्त जानकारी दिएको छ।

पार्टीले एक्समा भनेको छ, प्रधानमन्त्री नरेन्द्र मोदी 9 सेप्टेम्बरमा पञ्जाबको गुरुदासपुर आइरहेका छन्। प्रधानमन्त्रीले बाढ प्रभावित मानिसहरू र किसानहरूसॅंग सोझो भेट गरेर उनीहरूको दु:ख साझा गर्नेछन् र पीडितहरूको मद्दतको लागि कदम उठाउने छन्।

यस अघि बिहिवार केन्द्रिय कृषि मन्त्री शिवराज चौहानले अमृतसर जिल्लाको बाढ प्रभावित क्षेत्रहरूको भ्रमण गरेका थिए। उनले भने, बाढ प्रभावित क्षेत्रहरूको आकलनको लागि केन्द्रिय दल पनि पञ्जाब भ्रमणमा छ, जसले केन्द्रलाई आफ्नो रिपोर्ट बुझाउने छ।

उल्लेखनीय छ, पञ्जाबका अधिकांश जिल्लाहरू अहिले बाढको चपेटमा परेका छन्। यस कारण राज्यका मानिसहरूमाथि ठूलो संकट आइलागेको छ। बाढका कारण भइरहेको क्षतिलाई ध्यानमा राख्दै केन्द्रिय आर्थिक मद्दतको लागि पनि निरन्तर माग उठिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande