अगरतला, 07 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी 22 सेप्टेम्बरमा त्रिपुराको यात्रामा रहनेछन् र यस अवधि गोमती जिल्ला स्थित ऐतिहासिक माता त्रिपुरा सुन्दरी मन्दिरको नवीनीकरण एवं सौन्दर्यीकरण कार्यहरूको उद्घाटन गर्नेछन्।
शताब्दीऔं पुरानो यो शक्तिपीठ, जसलाई पूर्वोत्तर भारतको सबैभन्दा पवित्र स्थलहरूमा गनिन्छ, हालमा यहाँ व्यापक पुनर्निर्माण र सौन्दर्यीकरण गरिएको छ। यो कार्य प्रसाद योजना (पिलग्रिमेज रिज्यूवेन्शन एण्ड स्पिरिचुअल अग्मेन्टेशन ड्राइव) अन्तर्गत गरिएको हो, जसलाई राज्यमा भारतीय जनता पार्टी (भाजपा) सरकार सत्तामा आएपछि गति दिइएको थियो।
परियोजनाको निम्ति केन्द्र सरकारले लगभग 38 करोड़ रूपियाँ स्वीकृत गऱ्यो जबकि राज्य सरकारले सात करोड़ रूपियाँको अतिरिक्त योगदान दियो। अधिकारीहरूको भनाई छ, यस पहलले धार्मिक पर्यटनले ठूलो प्रोत्साहन पाउनेछ र त्रिपुरा उदियमान पर्यटन स्थलको रूपमा अझ् सशक्त हुनेछ।
प्रधानमन्त्रीको यात्रा अगाड़ी त्रिपुराका मुख्य सचिव किरण गित्ते, प्रधान सचिव अभिषेक सिंह, पुलिस महानिदेशक (डीजीपी) अनुराग, पुलिस महानिरीक्षक (आईजी) (कानून एवं व्यवस्था) मंजक इपर, पर्यटन सचिव यूके चकमा सहित वरिष्ठ अधिकारीहरूले मन्दिर परिसरको निरीक्षण गरी तयारीहरूको समीक्षा गरे।
हिन्दुस्थान समाचार / भवानी थामी