सोनादा, 07 सेप्टेम्बर (हि.स.)। सान्डुप तारगेलिङ बुद्धिष्ट गुम्बा हल, सोनादामा आज अल इण्डिया शेर्पा बुद्धिष्ट एसोसिएशनद्वारा आयोजित नव–निर्वाचित पदाधिकारीहरूको दीक्षा तथा समन्वय कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा मुख्य अतिथि पद्मसम्भव बुद्धिष्ट लामा एसोसिएशनका अध्यक्ष पासाङ दावा शेर्पा उपस्थित थिए।
यस अवसरमा ग्लोबल शेर्पा संघका अध्यक्ष थेण्डुप शेर्पा, अल बेंगल शेर्पा एसोसिएशनका अध्यक्ष नवाङ शेर्पा साथै अल इण्डिया शेर्पा बुद्धिष्ट एसोसिएसनका अध्यक्ष दोर्जी शेर्पा (पिनासा, सिक्किम) लगायत अन्य पदाधिकारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा कार्यक्रममा वर्तमान सल्लाहकारदेखि विशेष कार्यकारिणी सदस्यहरुलाई सम्मान जनाइएको थियो। सभामा भूतपूर्व सभापतिहरु दावा शेर्पा (खरसाङ), थेण्डुप शेर्पा (दार्जिलिङ), नवाङ शेर्पा (कालेबुङ), टीटी शेर्पा, दोर्जे शेर्पा (पिनासा), मिङमा शेर्पा डा. मन्ना शेर्पा आदिले मन्तव्य राखेका थिए।
मुख्य अतिथि खेन्पो पासाङ दावा शेर्पाले प्रेरणादायी सम्बोधन गर्दै नव–निर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिए। कार्यक्रममा धन्यवाद ज्ञापन पासाङ शेर्पा जयगावले राखेका थिए।
हिन्दुस्थान समाचार / हनोक