यमुनाको जलस्तरमा दुई मीटरको ह्रास, अहिलेपनि खतराको निशानभन्दा माथि
यमुना


नयाँ दिल्ली, 07 सेप्टेम्बर (हि.स.)। दिल्लीमा खतराको निशानमाथि बगिरहेको यमुनाको जलस्तरमा तेस्रो दिनपनि ह्रास जारी छ। आइतवार दिउँसो 1 बजी यमुनाको जलस्तर 205.50 दर्ता गरिएको छ। एक समय 207.48 मा पुगेको यमुनाको जलस्तरमा लगातार तीन दिनदेखि ह्रास जारी छ।

दिल्ली मेट्रो रेल कोरपोरेशनले आइतवार एक्समा जानकारी साझा गर्दै भनेको छ, अब यमुना ब्याङ्क मेट्रो स्टेशनसम्म जाने सम्पर्क मार्ग सुलभ भएको छ। तीन दिन अगाड़ी जलभरेको कारण यस मार्गलाई आवागमनको निम्ति रोकिएको थियो जबकि यमुना ब्याङ्क मेट्रो स्टेशनभित्र मेट्रो बिना कुनै बाधाको चलिरहेको थियो।

यद्यपि, यमुना अहिलेपनि खतराको निशान 205.33 भन्दा माथि छ, जसबाट त्यसका निकटका क्षेत्रहरू जलमग्न छन्। यमुना किनार बसेका मानिसहरूलाई राहत शिविरहरूमा शिफ्ट गरिएको छ। प्रशासन राहत शिविरहरूमा बसिरहेका मानिसहरूका लागि लगातार पानी र भोजनको व्यवस्था गरिरहेको छ। दिल्ली सरकारले पनि अगावै राहत शिविरहरूमा सबै आवश्यक व्यवस्था गर्ने निदेर्श जारी गरिसकेको छ।

दिल्ली नगर निगम राहत शिविरहरूमा सफाई व्यवस्था दुरूस्त गर्नमा जुटेको छ। यसका साथै जुन घाटहरूमा पानी कम भइऱहेको छ, त्यहाँ सफाई गरिँदैछ। निगमद्वारा मानिसहरूलाई रोगहरूदेखि बचाउनका लागि आवश्यक उपाय पनि गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande