नयाँ दिल्ली, 8 सेप्टेम्बर (हि.स.)। आम आदमी पार्टी (आआपा)- को बुराड़ीबाट विधायक सञ्जीव झाले सोमवार दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई पत्र लेखी आफ्नो विधानसभा क्षेत्रका बाढ़ी पीड़ित कृषकहरूकोलागि क्षतिपूरण एवं राहत राशिको माग गरेका छन्। उनले भने, पछिल्लो सरकारले पनि कृषकहरूलाई राहत राशि प्रदान गर्दै आएको थियो।
सञ्जीव झाले पत्रमा लेखे, यमुना नदीको निरन्तर बढ़्दो जलस्तर तथा यसको कारणले भएको जलभराउबाट बुराड़ी विधानसभा क्षेत्र अन्तर्गत दिल्लीकोतल्लो क्षेत्रमा कृषकहरूको फसल पानीमा डुबेको छ। यस आपदाको कारणले धेरैजना कृषक परिवारहरूको आजीविकामाथि गम्भीर संकट मड़ारिरहेको छ।
झाले लेखे, अचानक आइलागेको यस प्राकृतिक आपदाले कृषकहरूको फसल नष्ट भएको छ। आर्थिक स्थिति कमजोर भएको कारण उनीहरूलाई विभिन्न समस्याहरूको सामना गर्न परिरहेको छ। उनले दिल्लीकी मुख्यमन्त्रीसितअपील गरे, प्रभावित कृषकहरूको विशेष सर्वेक्षण टीमद्वारा तत्कालै जाँच गराइयोस्।
उनले भने, नष्ट भएको फसलहरूको मूल्यांकन गरेर कृषकहरूलाई तत्कालिक क्षतिपूर्ति अनि राहत राशि दिइयोस्।
सञ्जीव झाले भने, पछिल्लो सरकारले पनि यस्तो परिस्थितिमा कृषकहरूलाई राहत प्रदान गर्दै आएको थियो। उनले दिल्ली सरकारबाट आशा व्यक्त गर्दै भने, यसपालि पनि कृषकहरूलाई समयमा सहायता प्राप्त हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा