भेनिस फिल्म फेस्टिभलमा चम्किन् अनुपर्णा राय, ममता ब्यानर्जीले दिइन् बधाई
भेनिस फिल्म फेस्टिभलमा चम्किन् अनुपर्णा राय, ममता ब्यानर्जीले दिइन् बधाई


कोलकाता, 8 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले पुरुलियाकी छोरी अनुपर्णा रायलाई अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्मान प्राप्त भएकोमा खुशी व्यक्त गेरकी छन्। उनले ट्वीट गरी अनुपर्णा, उनका माता-पिता र सबै सहयोगीहरूलाई बधाई दिइन्।

अनुपर्णा रायलाई विश्वप्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा उनको क्याटोगरीमा सर्वश्रेष्ठ निर्देशकको पुरस्कार प्राप्त भएको छ। उल्लेखनीय छ, यस श्रेणीमा यसपूर्व कुनै पनि भारतीय निर्देशकलाई यो सम्मान प्राप्त भएको थिएन।

ममता ब्यीनर्जीले लेखिन्, अनुपर्णाका माता-पिता कुल्टीमा बस्छन् भने उनीहरूको जरा जंगलमहलको रांगामाटीसित जोड़िएको छ। उनले यस उपलब्धिलाई बंगालकी छोरीको जीत बताइन्।

मुख्यमन्त्रीले लेखिन्, “मलाई धेरै खुशी लागेको छ कि अनुपर्णाले यो असाधारण पुरस्कार जितिन्। म प्रार्थना गर्दछु कि उनी अझ अगाड़ी बढ़ुन् र हाम्रो देश तथा राज्यको सुनाम फैलाउन्।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande