असम पुलिसले दुई भिन्न कारबाहीमा करोड़ौंको हेरोइन जफत गऱ्यो
असम पुलिसले दुई भिन्न कारबाहीमा करोड़ौंको हेरोइन जफत गऱ्यो


गुवाहाटी/सिलचर, 08 सेप्टेम्बर (हि.स.)। मादक पदार्थ तस्करहरूको “वीकेण्ड पार्टी” -को सपनालाई असम पुलिसले कारबाही गरेर चकनाचुर बनाइदियो। असममा पुलिसले दुई वटा ठूलो कारबाही गर्दै 655 ग्राम मादक पदार्थ जफत गरेको छ जसको मूल्य 3.4 करोड़ रुपियाँ रहेको अनुमान लगाइएको छ। यसको साथै यी मामिलाहरूमा दुईजना तस्करहरूलाई पनि पक्राउ गरिएको छ।

कछार जिल्लाको पुलिस मुताविक तोलेनग्राम क्षेत्रबाट पुलिसले 300 ग्राम हेरोइन जफत गरेको छ जसको बजार मूल्य 1.6 करोड़ रुपियाँ रहेको अनुमान लगाइएको छ। यस मामिलामा एकजना तस्करलाई पक्रउ गरिएको छ।

यसरी नै गुवाहाटी पुलिसले चचल, राधा नगर क्षेत्रमा छापा मारेर 355 ग्राम हेरोइन जफत गऱ्यो जसको मूल्य लगभग 1.8 करोड़ रुपियाँ रहेको छ। यस मामिलामा पनि एकजना तस्करलाई पक्राउ गरिएको छ।

यस सम्बन्धमा मुख्यमन्त्री डाा. हिमन्त बिसवा सरमाले भने, “असम अगेन्स्ट ड्रग्स” मिशन अन्तर्गत पुलिसद्वारा गरिएको कारबाहीमा लगातार सफलता प्राप्त भइरहेको छ। तस्करहरूको “हाई ड्रीम्स” क्षणभरमै ध्वस्त भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande