तलाउमा डुबेर पिता-पुत्रको मृत्यु
तलाउमा डुबेर पिता-पुत्रको मृत्यु


दरंग (असम), 6 सेप्टेम्बर (हि.स.)। दरंग जिल्ला अधिनस्थ सिपाझारको बुढ़ीनगरस्थित सोनापाती क्षेत्रमा तलाउमा डुबेर बुवा-छोराको मृत्यु भयो। पुलिसले सोमवार बतायो, घर नजिकै अवस्थित पोखरीमा डुबेर पिता धिरज सहरिया र उनका पाँच वर्षीय छोरा क्रिस्टल सहरियाको मृत्यु भयो।

स्थानीय पुलिसले बताए अनुसार बुवा-छोरा गए आइतवार तलाउमा नुहाउन गएका थिए। यसबीच छोरा तलाउको गहिरो पानीमा डुबे। बुवाले उसलाई बचाउनको लागि भरमग्दुर प्रयास गऱ्यो तर उ पनि पानीमा डुब्यो। स्थानीय मानसहरूले खोजी अभियान संचालन गरी दुवैलाई पानीबाट बाहिर निकाले जहाँ छोराको मृत्यु भइसकेको थियो भने पितालाई गम्भीर अवस्थामा भेटियो। धिरज सहरिया (33)-लाई गम्भीर अवस्थामा उपचारको निम्ति अस्पतालमा भर्ती गरियो जहाँ तिनको उपचारको क्रममा मध्य राति मृत्यु भयो।

घटना बारे जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको पुलिसले दुवै शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नकोलागि अस्पतालमा पठाइदिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande