राँची, 08 सेप्टेम्बर (हि.स.)। झारखण्डका स्वास्थ्य मन्त्री डा. इरफान अन्सारीलाई एकपटक फेरि ज्यानमारा धम्की प्राप्त भएको छ। गए आइतवार अबेर राति लगभग 12 बजी एक अज्ञात मोबाइल नम्बर- 7005758247 बाट कल गरेर मन्त्रीलाई धम्की दिइयो। यस अवधि मन्त्री इरफान अन्सारी बोकारोको सर्किट हाउसमा बसेका थिए जहाँ उनी आधिकारिक कार्यक्रमको सिलसिलामा पुगेका थिए।
धम्की दिने व्यक्तिले अपशब्दहरू प्रयोग गर्दै हत्या गर्ने धम्की दियो। मन्त्रीलाई भनियो, तिमी प्रतीक्षा मात्र गर। तिमीलाई चाँड़ै उड़ाइदिन्छौं। मन्त्रीले यस मामिलाको जानकारी पुलिसलाई दिसकेका छन्। त्यसपछि पुलिस अलर्ट मोडमा बसेको छ साथै सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ। मोबाइलको लोकेशनलाई ट्रेस गरिँदैछ।
उल्लेखनीय छ, यसअघि गत 27 अगस्तमा पनि झारखण्डका नगर विकास मन्त्री सुदिव्य कुमार सोनु र स्वास्थ्य मन्त्री डा. इरफान अन्सारीलाई ज्यानमारा धम्की प्राप्त भएको कारण गिरीडीह पुलिसले एक्शन लिएको थियो। यस मामिलामा आरोपी अंकित मिश्रालाई छापा मारेर बिहारको पटनाबाट पक्राउ गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा