कोलकाता, 8 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको शिक्षा व्यवस्थाको इतिहासमा सोमवारदेखि नयाँ अध्याय जोड़िएको छ। राज्यमा पहिलो पटक उच्च माध्यमिक अर्थात बाह्रौं कक्षाको परीक्षा सेमेस्टर प्रणाली अन्तर्गत शुरू भयो। यो परीक्षा 8 सेप्टेम्बरदेखि शुरू भएर आगामी 22 सेप्टेम्बरसम्म चल्नेछ। पहिलो सेमेस्टरको यो परीक्षा राज्यका 23 वटा जिल्लाहरूका 2106 वटा केन्द्रहरूमा आयोजना भइरहेको छ जसमा लगभग 6.6 लाख विद्यार्थीहरू सामेल भएका छन्।
यसपालि परीक्षालाई दुई चरणमा आयोजना गरिँदैछ। पहिलो सेमेस्टर सेप्टेम्बर महिनामा र दोस्रो आगामी वर्षको फरवरी महिनामा हुनेछ। यो व्यवस्था एघारौं र बाह्रौं श्रेणीको लागि लागू गरिएको हो।
परीक्षाको समय बिहान 10 बजीदेखि 11:15 बजीसम्म राखिएको छ भने संगीत, दृश्य कला एवं व्यवसायिक विषयहरूको परीक्षा 11:45 बजीसम्म चल्नेछ। विद्यार्थीहरूलाई परीक्षा केन्द्रमा मोबाइल फोन, क्यालकुलेटर तथा अन्य कुनै पनि प्रकारको इलेक्ट्रनिक उपकरणहरू लिएर प्रवेश गर्ने अनुमति छैन। नियम भंग गरे उनीहरूको उम्मेद्वारिता रद्द हुनेछ। प्रवेश द्वारमा विद्यार्थीहरूको जाँच मेटल डिटेक्टरद्वारा गरिँदैछ। परीक्षा अवधि विद्यार्थीहरूलाई शौचालय जाने समेत अनुमति छैन।
पेपर लीक हुने आशंकालाई मध्यनजर गर्दै प्रश्नपत्रहरूलाई विशेष ‘नन-ट्रान्सपेरेन्ट प्रिन्टेड पली प्याकेट’-मा सिल गरिएको छ। दुई सेट प्रश्नपत्र तयार गरिएको छ जसमा एउटा सेटलाई आपतकालीन स्थितिमा मात्र प्रयोग गरिनेछ।
यसपालि 122 वटा परीक्षा केन्द्रहरूलाई संवेदनशील घोषणा गरिएको छ जसमा सबैभन्दा अधिक केन्द्र मालदा जिल्लाभित्र पर्दछ। पछिल्लोवर्ष यो संख्या 136 थियो। केन्द्रहरूमा सीसीटीभी निगरानी व्यवस्था गरिएको छ। पर्यवेक्षकहरूको आवास र मुख्य प्रवेश द्वारमा पनि विशेषनिगरानी गरिँदैछ। वर्षाको मौसमलाई केन्द्र गर्दै प्रश्नपत्र र ओएमआर शिट्सलाई यस्तो स्थानमा सुरक्षित राखिएको छ जहाँ पानी भरिनै कुनै खतरा छैन। आवश्यकता परे केन्द्रलाई परिवर्तन गर्न पनि सक्छ।
राज्यका सबै 23 वटा जिल्लामा यसपालि छात्राहरूको संख्या छात्रहरूभन्दा अधिक छ। 818 वटा मुख्य परीक्षा केन्द्रहरू बनाइएको छ। यस अतिरिक्त 342 जना दिव्यांग परीक्षार्थीहरूमध्ये 212 जना विद्यार्थीहरूलाई सहायक लेखकको सुविधा उपलब्ध गराइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा