कोलकाता, 08 सेप्टेम्बर (हि. स.)। आगामी दुर्गा पूजा पर्वलाई शान्तिपूर्ण तथा व्यवस्थित ढंगमा सम्पन्न गराउनको लागि कोलकाता पुलिसले तयारीहरूलाई तीव्रता दिएको छ। पुलिस आयुक्त मनोज वर्माले आगामी 10 सेप्टेम्बरको दिन दुर्गापुरस्थित धन धान्य अडिटोरियममा सबै प्रमुख पूजा समितिहरूलाई बैठक बोलाएका छन्। यस बैठकमा पर्वको तयारीदेखि लिएर सुरक्षा व्यवस्थासम्म धेरैवटा महत्वपूर्ण मुद्दाहरूमाथि चर्चा गरिनेछ।
पुलिस सूत्र अनुसार यस बैठकमा ती समितिका प्रतिनिधिहरूलाई डाकिएको छ जसको पूजा पण्डालहरूमा व्यापक भीड़ उर्लिन्छ। प्रत्येक ठूलो पूजा समितिका दुईजना प्रतिनिधिहरू बैठकमा उपस्थित रहनेछन् अर्थात सबै मिलाएर लगभग डेढ़ हजार प्रतिनिधिहरू यस बैठकमा सामेल हुनेछन्। यसको साथै कोलकाता पुलिसका वरिष्ठ अधिकारी, कोलकाता नगरनिगम, बिजुली आपूर्ति गर्ने कम्पनी सीईएससी, अग्निशमन विभाग, राज्य प्रदूषण नियन्त्रण बोर्ड तथा अन्य प्रशासनिक एजेन्सीका प्रतिनिधिहरू पनि बैठकमा उपस्थित रहनेछन्।
बैठकमा अनलाइन अनुमति प्रक्रिया, उच्च न्यायालयको निर्देशको पालन, चन्दा संग्रहको व्यवस्था, पण्डाल निर्माणसित सम्बन्धित प्रतिबन्ध, प्रतिमा विसर्जनको समय निर्धारण औ यातायात प्रबन्धन जस्ता विषयहरूमा चर्चा हुनेछ। यस बाहेक विभिन्न विभाग र पुलिसबीच समन्वय स्थापित गर्नेमाथि पनि बल दिइनेछ ताकि पर्व अवधि कानून व्यवस्था कायम रहोस्।
एक जना पुलिस अधिकारीले बताए, प्रत्येक वर्ष दुर्गा पूजाको समयमा भीड़ नियन्त्रण, यातायात जाम, ध्वनि प्रदूषण र चन्दा संग्रह जस्ता सिकायतहरू सामु आउँछन्।यसपालि अनलाइन अनुमति प्रक्रियालाई अझ सहज बनाइएको छ ताकि समितिहरूलाई सुविधा होस्। पुलिस आयुक्तले समितिहरूलाई स्पष्ट सन्देश दिनेछन्, यदि कसैले अदालतको आदेश र प्रशासनिक प्रतिबन्धलाई अदेखा गर्छ भने सम्बन्धित पक्षविरूद्ध कड़ा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा