प्रोफेसर कृ्ष्णकली बसुको निधनमा ममताद्वारा शोक व्यक्त
प्रोफेसर कृ्ष्णकली बसुको निधनमा ममताद्वारा शोक व्यक्त


कोलकाता, 8 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले लामो समय देखिकै आफ्नो सहयोगी रहेकी एवं वेबकुपा (पश्चिम बंगाल कलेज एण्ड यूनिभर्सिटी प्रोफेसर्स एसोसिएशन)- की महासचिव प्रोफेसर कृष्णकली बसुको आकस्मिक निधनमा गहिरो शोक व्यक्त गरेकी छन्।

मुख्यमन्त्रीले सोमवार सोशल मीडिया एक्समा आफ्नो सन्देशमा लेखिन्, उनीसित लामो समयसम्म काम गर्ने अवसर प्राप्त भएको थियो। उनी जानाले गहिरो आघात पुगेको छ। उनले भनिन्, बसुको अभाव सदैव खट्किरहनेछ। उनको परिवारप्रति संवेदना व्यक्त गर्दछु।

कृष्णकली बसु (62) ब्यारकपुरस्थित राष्ट्रगुरु रवीन्द्रनाथ कलेजमा अंग्रेजीकी प्रोफेसर थिइन्। उनी लामो समयसम्म तृणमूल कंग्रेससित जोड़िएको प्रोफेसरहरूको संगठन वेबकुपाकी राज्य अध्यक्ष रहिन्। वर्तमानमा उनी संगठनको राज्य सचिवको पदमा कार्यरत थिइन्।

जानकारी अनुसार उनी पछिल्लो 6-7 वर्षदेखिको किडनी सम्बन्धि रोगले ग्रस्त थिइन्। बितेको सप्ताह उनको स्थिति बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखियो, तर गए आइतवार उनको ऩिधन भयो। बसुको निधनको खबरले शैक्षणिक जगत र राजनीतिक गल्लीमा शोक व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande