कोलकाता, 8 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको नदिया जिल्लामा भएको लिचिंगको घटनामा पुलिसले सोमवार पहिलो पक्राउ गरेको छ। यो मामिला तेहटको निश्चिन्तपुर क्षेत्रमा भएको हो जहाँ एक जना बालकको हत्या गरेको शंकामा भीड़ले एक दम्पत्तिको कुटेरै हत्या गरेको थियो। पुलिसले यस मामिलामा दुई सय जना मानिसहरू विरूद्ध मुद्दा दर्ता गरेको छ।
पुलिस अधिकारीहरू अनुसार युवकलाई करिमपुर थाना क्षेत्रबाट पक्राउ गरिएको हो जतिबेला उसले भाग्ने चेष्टा गरिरहेको थियो। नदिया जिल्ला पुलिसका एक जना वरिष्ठ अधिकारीले बताए, एक जना आरोपीलाई पक्राउ गरिएको छ। अन्य आरोपीहरूको खोजी जारी छ। मामिलाको गहन जाँच भइरहेको छ।
यो घटना गत शुक्रवार राति भएको हो जतिबेला तेस्रो कक्षाका छात्र स्वर्णभा विश्वास खेल्दा-खेल्दै बेपत्ता भएको थियो। सबैतिर खोज-तलास गरेपछि अन्ततः शनिवार बिहान उसको शव एक तलाउमा तिरपालले बेरेको अवस्थमाा भेटियो। बालकको मृत्युको खबर सुन्नसाथ आक्रोशित भएका ग्रामीणहरूले उत्पल विश्वास र उसकी पत्नी सोमा विश्वासमाथि हत्याको आरोप लगाएर दुवैलाई भक्कुचुर कुटे। यस अवधि उनीहरूकी बुहारी निशालाई पनि कुटियो जो अहिले पनि गम्भीर अवस्थामा उपचाराधिन छन्। भीड़ले उनीहरूको घरमा पनि आगो लगाइदियो।
यसबीच गए आइतवार बिहान पुलिसले बालकको हत्याको आरोपमा चार जना मानिसहरूलाई पक्राउ गरेको छ। अदालतले आरोपीहरूलाई पुलिस हिरासतमा पठाइदिएको छ। पुलिसको भनाइ छ, सबै पक्षहरूको जाँच गरिँदैछ ताकि असली दोषीहरूलाई सजाय दिन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा