उद्योगहरूको विरोध नै तृणमूलको नीति होः शुभेन्दु अधिकारी
उद्योगहरूको विरोध नै तृणमूलको नीति होः शुभेन्दु अधिकारी


कोलकाता, 08 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले तृणमूल कंग्रेस सरकारमाथि धारिलो प्रहार गरेका छन्। उनले भने, यो सरकार उद्योग विरोधी नीतिहरूमा हिँड़िरहेको छ र राज्यका रहल-पहल कारखानाहरूलाई पनि बन्द गराउन हतारिरहेको छ।

सोमवार सोशल मीडिया एक्समा भीडियो सहित पोस्ट गरी अधिकारीले लेखे, “यो उद्योग-विरोधी राज्य सरकार राज्यका सबै कारखानाहरूको श्राद्ध संस्कार नगरूञ्जेलसम्म शान्तिले बस्नेवाला छैन।”

उनले कोलाघाटको रामको सिमेन्ट कारखाना बन्द भएकोमा राज्य सरकारका नीतिहरूको परिणाम बताए। अधिकारीको भनाइ छ, यस्तै स्थितिले निवेशकहरूलाई बंगालदेखि टाड़ा बनाइरहेको छ। उनले दाबी गरे, भाजपाको सरकार बनिएपछि श्रमिकहरूको अधिकार मात्र सुरक्षित रहनेछैन जबकि उद्योगहरूको पुनरूद्धारको लागि पनि ठोस कदम उठाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande