छत्तीसगढ़मा अवैध धर्मान्तरणको मामिला, पुलिसले 24 जना मानिसहरूलाई हिरासतमा लियो
छत्तीसगढ़मा अवैध धर्मान्तरणको मामिला, पुलिसले 24 जना मानिसहरूलाई हिरासतमा लियो


रायपुर, 8 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़को बालोद जिल्लास्थित गुंडरदेही थाना क्षेत्र औ जाँजगीर-चाम्पा जिल्लाको नवागढ़ थाना क्षेत्रमा प्रार्थना सभाको आड़मा कथित रूपमा अवैध धर्मान्तरण गराएको मामिलालाई लिएर 24 जना मानिसहरूलाई हिरासतमा लिएको छ। दुवै मामिलामा पुलिसले कानूनी कारबाही गरिरहेको छ।

बालोद जिल्ला पुलिस अधीक्षक कार्यालयद्वारा सोमवार दिइएको जानकारी मुताविक बालोद जिल्लाको गुंडरदेही थाना अन्तर्गत चैनगञ्जमा स्थानीय मानिसहरूको सिकायतमा पुलिसले गए आइतवार साँझ अवैध धर्मान्तरण प्रार्थना सभाको जाँच गऱ्यो। घटनास्थलमा पुगेर पुलिसले 22 जना मानिसहरूलाई हिरासतमा लियो जसमा 8 जना पुरूष र 14 जना महिलाहरू सामेल थिए। जाँचमा यो पनि पाइयो, प्रार्थना सभा वैध थिएन। त्यसपछि पुलिसले सबै 22 जना मानिसहरू विरूद्ध प्रतिबन्धात्मक कारबाही गऱ्यो। पुलिसले आरोपीहरूलाई गुंडरदेही एसडीएम तथा न्यायालयमा पेश गऱ्यो जहाँबाट 8 जना पुरूषहरूलाई ज्यूडिशियल रिमाण्डमा जेल पठाउने आदेश दिएको छ।

यसरी नै जाँजगीर-चाम्पा जिल्लाको नवागढ़ थाना अन्तर्गत गोधना गाउँमा पनि प्रार्थना सभाको माध्यमबाट धर्मान्तरण गराएको मामिला सामु आएको छ। सर्व हिन्दू समाज, बजरंग दल औ सामाजिक कार्यकर्ताहरूको टीमले गोधना गाउँमा धर्मान्तरण गराइरहेको घरमा छापा माऱ्यो। सूचना पाएर नवागढ़ पुलिस घटनास्थलमा पुग्यो अनि दुई जना पास्टरहरू क्रमैले बद्री साहु र यश साहुलाई पक्राउ गऱ्यो।

जिल्लाका अतिरिक्त पुलिस अधीक्षक उमेश कुमार कश्यपले आज बताए, सूचना पाएर नवागढ़ पुलिस तुरून्त घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसले दुईजना मानिसहरूलाई हिरासतमा लियो जसले कथित रूपमा प्रार्थना सभाको माध्यमबाट धर्मान्तरण गराइरहेका थिए। दुवै आरोपी विरूद्ध धर्मान्तरण सम्बन्धि धाराहरू अन्तर्गत कानूनी कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande