ट्रिम्सका डाक्टर अनि नर्सहरूको विरोधमा प्रदर्शन
ट्रिम्सका डाक्टर अनि नर्सहरूको विरोधमा प्रदर्शन


इटानगर, 8 सेप्टेम्बर(हि.स)। अरुणाचल प्रदेशको नाहरलागुनस्थित टोमो रिबा इन्स्टीट्यूट अफ हेल्थ एण्ड मेडिकल साइन्सेज(ट्रिम्स) परिसरमा मृतकाका परिवार, आफन्त तथा साथीहरूले आज ट्रिम्सका अधिकारी तथा डाक्टरहरूको विरोधमा प्रदर्शन गर्दै न्यायको माग गरे। परिवारको आरोप छ, डाक्टर अनि नर्सहरूको लापरवाहीको कारण उनीहरूकी 22 वर्षीय बहिनी बेंगिया अमा गोराको गत 2 सेप्टेम्बरमा मृत्यु भएको थियो।

क्रा दादी जिल्ला निवासी अमालाई गत 30 अगस्तमा प्रसवको लागि अस्पतालमा भर्ती गरिएको थियो भने 31 अगस्तमा उसको सर्जरी भएको थियो, तर त्यसको तुरून्तपछि नै उसको स्थिति बिग्रिँदै गयो र उसको अत्यधिक रक्तश्राव हुन थाल्यो। परिवारका सदस्यहरूले आरोप लगाए, डाक्टरहरूलाई बारम्बार गुहार माग्दा पनि ध्यान दिएन। नर्सहरूले पनि शुरूमा उनीहरूको कुरालाई बेवास्ता गरिदिए। उसको अवस्था झन् बिग्रिसकेपछि गत 2 सेप्टेम्बरमा उसको दोस्रो अपरेशन गरियो जसपश्चात उसलाई आईसीयूमा स्थानान्तरण गरियो। यसबीच गत शनिवार बिहान उसको मृत्यु भयो।

परिवारका सदस्य एवं आफन्तहरूले आज विरोध प्रदर्शन गर्दै मामिलाको जाँच गर्ने, आरोपीलाई पक्राउ गर्ने माग गरे ताकि भविष्यमा यस्ता घटनाहरूको पुनरावृत्ति नहोस्। उनीहरूले यो पनि भने, यस घटनाको कारणले उनीहरू अब ट्रिम्समा उपचार गर्न आउनका लागि डराएका छन्। उनीहरूले वरिष्ठ विशेषज्ञहरूद्वारा उचित चिकित्सा हेरचाह नगरिएको तथा संस्थानमाथि लापरवाही गरेको आरोप लगाए।

अर्कोतिर स्वास्थ्य एवं परिवार कल्याण विभागीय मन्त्री बियुराम वाहगेले यस घटनाप्रति दुःख व्यक्त गर्दै जाँच गर्ने घोषणा गरेका छन्। उनले एक भीडियो बयानमा भने, मैले ट्रिम्स अधिकारीहरूसित बातचित गरेर आवश्यक निर्देश जारी गरिसकेको छु। राज्य बाहिरका एकजना वरिष्ठ डाक्टरको अध्यक्षतामा एक स्वतन्त्र जाँच समितिले मामिलाको जाँच गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande