कोलकाता, 08 सेप्टेम्बर (हि.स.) देशका वरिष्ठ पत्रकार शंकर्शन ठाकुरको निधनमा सोमवार पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले गहिरो दुःख व्यक्त गरिन्। ठाकुरको सोमवार 63 वर्षको उमेरमा गुड़गाउँको एक अस्पतालमा निधन भयो। उनी लामो समयदेखिकै बिमार थिए भने उनको हालैमा सर्जरी भएको थियो। उनको निधनबाट पत्रकारिता जगतमा शोक व्याप्त भएको छ।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया प्लेटफर्ममा लेखिन्, ठाकुर समकालीन राजनीतिक इतिहासमाथि लेख्ने एकजना प्रतिभाशाली तथा विशिष्ट पत्रकार थिए। उनले उनको परिवार, मित्र एवं सहयोगीहरूप्रति हार्दिक संवेदना व्यक्त गरिन्।
1962 सालमा बिहारमा जन्मेका शंकरर्शन ठाकुरलाई आफ्नो धारिलो राजनीतिक विश्लेषण शैली र धरातलीय पत्रकारिताको लागि चिनिन्थ्यो। बिहारको राजनीतिमाथि पनि उनको पकड़लाई अद्वित्य मानिथ्यो। उनका प्रमुख पुस्तकहरूमा मेकिंग अफ लालू यादव: द अनमेकिंग अफ बिहार, सिंगल म्यान: द लाइफ एण्ड टाइम्स अफ नीतीश कुमार अफ बिहार औ द ब्रदर्स बिहारी सामेल छन्।
2001 सालमा उनलाई राजनीतिक पत्रकारितामा उत्कृष्ट योगदान दिए बापत प्रेम भाटिया पुरस्कारद्वारा सम्मानित गरिएको थियो। मणिपुरमा 2001 सालमा भएको नागा उग्रवदी संगठन एऩएससीएन-आईएमसित युद्धविराम सम्झौताको विस्तारपछि भड़्किएको हिंसामाथि उनको ग्राउण्ड रिपोर्टिंग धेरै चर्चित भएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा