भीषण आद्रताले दक्षिण बंगालको बेहाल, बुधवारदेखि राहत पाइने संकेत
भीषण आद्रताले दक्षिण बंगालको बेहाल, बुधवारदेखि राहत पाइने संकेत


कोलकाता, 8 सेप्टेम्बर (हि.स.)। बितेका केही दिनदेखिको कहिले तीव्र वर्षा त कहिले पिल्सिने गर्मी भइरहेको कारण दक्षिण बंगालका मानिसहरू हैरान भएका छन्। गए आइतवार भएको वर्षापछि सोमवार बिहानदेखिकै आद्रता चर्को गर्मीले मानिसहरूलाई गाह्रो भइरहेको छ। अब सबैको नजर यसमाथि अड़िएको छ कि आखिर राहतपूर्ण वर्षा कहिले हुन्छ।

अलिपुर मौसम विभाग अनुसार सोमवार दक्षिण बंगालका अधिकांश जिल्लाहरूमा मौसम शुष्क रहने सम्भावना छ। यस अवधि धेरजसो असुविधा आद्रताको कारण हुनेछ। यद्यपि कतिपय क्षेत्रहरूमा हल्का वर्षा हुनसक्छ। तर भारी वर्षाको सम्भावना भने छैन।

मौसम विभागको भनाइ छ, मंगलवारदेखि मौसमको स्वरूप फेरिनेछ। ग्रीष्म तथा आद्रता बढ़्नको साथै केही जिल्लाहरूमा मेघ गर्जन तथा तीव्र हावासितै वर्षा हुनसक्छ। आगामी बुधवार र बिहीवार कोलकाता सहित दक्षिण बंगालका सबै जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ। यस अवधि हावाको गति 30-40 किलोमीटर प्रतिघण्टासम्म पुग्नसक्छ।

पूर्व एवं पश्चिम बर्दमान, बीरभूम, मुर्शिदाबाद, पुरुलिया, बाँकुड़ा, पूर्व र पश्चिम मेदिनीपुर औ झाड़ग्राममा मंगलवारदेखि मेघ गर्जनसितै वर्षा हुने सम्भावना अधिक छ। आगामी बुधवार र बिहीवार वर्षाको तीव्रता अझ बढ़्नसक्छ। आगामी शुक्रवारदेखि तापमानमा ह्राससितै आद्रता पुनः बढ़्ने अनुमान लगाइएको छ।

कोलकातामा सोमवार आंशिक रूपमा बादल लाग्नेछ भने कतिपय ठाउँहरूमा हल्का वर्षा हुनसक्छ। अधिकतम तापमान 34 डिग्री सेल्सियस औ न्यूनतम तापमान 27 डिग्री सेल्सियस लगभग रहने अनुमान छ। आइतवार कोलकाताको अधिकतम तापमान 33.6 डिग्री सेल्सियस दर्ता गरिएको थियो जुन सामान्यभन्दा 1.2 डिग्री सेल्सियस अधिक हो। सोमवार बिहान न्यूनतम तापमान 27.8 डिग्री सेल्सियस रह्यो जुन सामान्यभन्दा 1.4 डिग्री सेल्सियस अधिक हो।

उत्तर बंगालमा सोमवार अलिपुरद्वार तथा जलपाईगुड़ी जिल्लामा घना वर्षा हुनसक्छ। मौसम विभागले चेताउनी दिएको छ, आगामी शनिवारसम्म उत्तर बंगालका जिल्लाहरूमा लगातार घना वर्षा हुनसक्छ जसमा अलिपुरद्वार र जलपाईगुड़ी सबैभन्दा अधिक प्रभावित हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande