चेन्नई , 8 सेप्टेम्बर (हि.स.)। जर्मनी र इंगल्याण्डको भ्रमण पूरा गरेर सोमवार चेन्नई फर्केका मुख्यमन्त्री स्टालिनलाई स्थानीय हवाईअड्डामा मन्त्रीए अधिकारी एवं डीएमके कार्यकर्ताहरूले न्यानो स्वागत जनाए।
हवाईअड्डामा पत्रकारहरूसित कुराकानी गर्दै मुख्यमन्त्री स्टालिनले भनेए जर्मनी र ब्रिटेनको एक सप्ताहव्यापी यात्राबाट म सन्तुष्ट छु। यो यात्रा अत्यन्त सफल रहेको छ। यस यात्रा अवधि 15,516 करोड़ रुपियाँको निवेशलाई आकर्षित गर्नको साथै 17,613 मानिसहरूलाई रोजगार दिनकोलागि 33 वटा सम्झौता ज्ञापनमा हस्ताक्षर भएको छ। उनले बताए, दशवटा नयाँ कम्पनीहरू तमिलनाडुमा आफ्नो व्यापार शुरू गर्नका लागि अगाड़ि आएका छन्। उच्च शिक्षा तथा लघु व्यवसाय जस्ता क्षेत्रका 6 वटा कम्पनीहरूले हामीसित संयुक्त उद्यममा हात मिलाउने योजना बनाइरहेका छन्। स्टालिनले भने, 17 वटा पुराना कम्पनीहरूले अन्य राज्यमा जानको सट्टा हाम्रै राज्यमा विस्तार गर्ने फसेला गरेका छन्। टीआरपी राजाले यस यात्राको माध्यमबाट आफूलाई एक गतिशील मन्त्रीको रूपमा साबित गरेका छन्। यस विदेश भ्रमणले धेरै निवेशहरूलाई आकर्षित गरेको छ।
स्टालिनले भने, मैले आत्म-सम्मान आदोलनको शताब्दि सम्मेलनमा पनि विस्तार पूर्वक बातचित गरेको छु कि हामीले कुन बाटो अप्नायौं र कुन लक्ष्यलाई प्राप्त गर्नुछ। मैले छिमेकी तमिल तथा लण्डन विश्वविद्यालयलय सहित कैयौं ठाउँ भाषण दिएँ, कार्ल मार्क्स स्मारक, अम्बेडकर भवन औ तिरुवल्लुवर प्रतिमा सहित कतिपय स्थानहरूको भ्रमण गरेर गर्वको साथमा फर्केको छु। सोधिएको एक प्रश्नको जवाफमा उनले भने, मेरो लागि हरेक पक्षबाट एक अविस्मरणीय यात्रा रहेको छ। कतिपय मानिसहरूले यसलाई सहन गर्न सकेनन्। अब हामीले तमिलनाडुमा व्यापक सम्भावनाहरू देखिरहेका छौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा