कोलकाता, 08 सेप्टेम्बर (हि.स.) पश्चिम बंगाल विद्यालय सेवा आयोग (डब्ल्यूबीएसएससी) अन्तर्गत शिक्षक भर्ती घोटालाको जाँच गरिरहेको प्रवर्तन निदेशालय (ईडी)-ले बड़त्राबाट तृणमूल विधायक जीवन कृष्ण साहालाई मोटो रकम चुकाउने उम्मेद्वारहरूको पहिचान गरेको छ, किनभने उनीहरूलाई वाचा गरिए अनुसार पद प्राप्त भएन।
सूत्र अनुसार विधायकलाई पक्राउ गर्नभन्दा अगाड़िदेखि नै यी उम्मेद्वारहरूले पैसा फर्काउने माग गर्दै विधायकमाथि चाप दिरहेका थिए। ईडीको हातमा परेको मोबाइल फोनबाट एउटा अडियो क्लिप पनि सामु आएको छ जसमा एक जना उम्मेद्वारलाई आफ्नो 12 लाख रुपियाँ फिर्ता गर्ने माग गर्दै गरेको सुन्न सकिन्छ। ती उम्मेद्वारले यो रकम स्कूल नोकरी दिलाएको सट्टामा विधायकलाई दिएको थियो, तर नियुक्ति हुन सकेन। एजेन्सीले अब यस्ता अन्य उम्मेद्वारहरूलाई पनि ट्र्याक गरिरहेको छ जसले लाखौं रुपियाँ दिएको भए पनि नियुक्तिदेखि वञ्चित भए। यिनीहरूसित जाँचबुझ गरी जानकारी जुटाउने तयारी गरिरहेको छ।
साहालाई गत 25 अगस्तमा ईडीले पक्राउ गरेको थियो। त्यस अवधि उनले आफ्नो दुईवटा मोबाइल फोनलाई नजिकैको पोखरीमा फालेर नष्ट बनाउने चेष्टा गरेका थिए, तर ईडीले त्यसलाई सुरक्षित जफत गरेकोछ। यसै फोनहरूबाट धेरैवटा महत्वपूर्ण प्रमाणहरू हात परेकोछ।
जानकारी मुताविक पहिलाबाटै 75 जना यस्ता उम्मेद्वारहरूको नाम प्रकाशमा आइसकेको जसले एक्सपायर्ड प्यानलमा भए पनि साहालाई ठूलो धनराशि दिएर नियुक्ति हासिल गरे। यिनीहरूसित पनि चरणबद्ध रूपमा जाँचबुझ जारी छ। तृणमूल विधायक हाल न्यायिक हिरासतमा छन्। यसपूर्व उनलाई सीबीआईले पनि पक्राउ गरेको थियो।सीबीआईले यस घोटालाको समानन्तर जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा