हैदरपुर नहरमा डुबे दुई अबोध
हैदरपुर नहरमा डुबे दुई अबोध


नयाँ दिल्ली, 8 सेप्टेम्बर (हि.स.)। राजधानी दिल्लीको उत्तर-पश्चिम जिल्ला शालीमार बाग क्षेत्रमा गए आइतवार भएको एक दुःखदायी घटनामा हैदरपुर नहरमा नुहाउन गएका दुईजना नानीहरूको डुबेर मृत्यु भयो। मृतकहरूको पहिचान 9 वर्षीय अनिकेत र 13 वर्षीय कृष्ण कुमारको रूपमा भएको छ।

पुलिस मुताविक आइतवार साँझ लगभग चार बजे दुवै बालकहरू नहरको छेउमा खेल्न गएका थिए। यसै अवधि उनीहरू चिप्लिएर पानीमा डुबे। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले दुवैलाई उद्धार गरी तत्काल अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले उनीहरूलाई मृत घोषित गरिदिए।

यस बीच उत्तर पश्चिम जिल्लाका पुलिस उपायुक्त भीष्म सिंहले सोमवार बताए, जाँचमा थाहा लाग्यो कि अनिकेत झोपड़ी नम्बर-1036 मा आयुर्वेदिक अस्पताल नजिक बस्थ्यो। उसकी आमाको पहिला नै निधन भइसकेको छ भने उ आफ्ना पिता र दाज्युसित बस्दै आएको थियो।

यसरी नै कृष्ण कुमार झोपड़ी नम्बर- 640 मा आफ्ना पिता, दाज्यु, भाइ र बहिनीसित बस्दै आएको थियो। उसको पनि आमाको पहिला नै मृत्यु भइसकेको छ। दुवैका पिताले श्रमिकको काम गर्दछन्। घटना घटेको समय उनीहरू काममा गएका थिए। पुलिसले बतायो, दुवै बालकको शवलाई पोस्टमर्टम गराएपछि अग्रिम जाँच जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande