बिहारको कटिहारमा पिकअप वाहनबाट 9 पशु उद्धार गरियो, पशु तस्कर पक्राउ
बिहारको कटिहारमा पिकअप वाहनबाट 9 पशु उद्धार गरियो, पशु तस्कर पक्राउ


कटिहार, 08 सेप्टेम्बर (हि.स.)। बिहारमा कटिहार जिल्लाको कुर्सेला थाना पुलिसले कारबाही गर्दै एउटा पिकअप भ्यानमा क्रूरतापूर्वक लगिरहेका 9 पशुलाई उद्धार गरी चार पशु तस्करलाई पक्राउ गरेको छ। यो कारबाही गए राति गरियो, जब कुर्सेला थानाध्यक्षलाई एउटा पिअकफ भ्यानमा पशुधनको अवैध परिवहन गरिरहेको सूचना प्राप्त भयो।

सूचनाको सत्यापन र आवश्यक कारबाहीको निम्ति कुर्सेला चेक एनएच-81 निकट वाहन चेकिङ शुरू गरियो। सोही अवधि एउटा पिकअप वाहन पुलिस बललाई देखेर भाग्नथाल्यो, जसलाई पुलिस बलको सहयोगमा समातियो। पक्रा पर्ने अभियुक्तहरूको पहिचान मोहम्मद फिरोज, मोहम्मद हसीम, पंकज कुमार सिंह र रविन्द्र साहको रूपमा गरिएको छ। यी सबै भागलपुर जिल्लाको रंगरा थाना क्षेत्रको सधवा रंगरा गाउँका निवासी हुन्।

पिकअफ वाहनको तलाशी लिँदा त्यसमा क्रूरतापूर्वक लगिरहेका नौ पशुलाई उद्धार गरियो। पुलिसले चारै पसु तस्करलाई पक्राउ गऱ्यो र अग्रिम कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande