अमेठी, 08 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशमा अमेठी जिल्लाको मुसाफिरखाना कोतवाली क्षेत्रको हाजीगंज गाउँको नदीमा एक अधबैसेको शव भेटिएको छ। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गरेको छ।
कोतवाल विवेक सिंहले बताए, गाउँको जगन्नाथ रैदास (50) आइतवार दिउँसो आफ्नो घरबाट नदीमा माछा समात्न गएको भन्दै निस्केका थिए। तर अबेर रातिसम्म जब उनी फर्केनन्, तब परिजनले उनलाई खोज्नु शुरू गरे।
गोताखोरहरूको मद्दतले नदीमा जगन्नाथलाई खोजियो तर उनको पत्तो लागेन। सोमवार गाउँलेहरूले नदी किनार लड़ेको शव देखे। सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले शवलाई पोस्टमार्टमको निम्ति पठायो।
स्थानीय मानिसहरूको भनाई छ, जगन्नाथ रैदास गाउँमा मिलनसार प्रवृत्तिका व्यक्ति थिए औं प्रायः जसो माछा समात्न जान्थे। अचानक यस प्रकार उनको मृत्युले परिवारमा सदमामा छ। कोतवालको भनाई छ, मृत्युको सही कारणहरूको खुलासा पोस्टमार्टम रिपोर्ट आएपछि नै हुनेछ। अहिले मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी