प्रयागराज, 08 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लामा सोरावं थाना क्षेत्रको अबिहीपुर गाउँमा अबेर राति एक व्यक्तिले आफ्नो छोराको बञ्चरोले हमला गरी हत्या गऱ्यो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गरेको छ। पुलिस टीमले हत्या गर्ने आरोपीलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ।
अपर पुलिस उपायुक्त गंगानगर पुष्कर वर्माले बताए, सोरावं थाना क्षेत्र स्थित अबिहीपुर गाउँ निवासी लालजी यादव आइतवार अबेर राति रक्सी खानुलाई लिएर छोरा विनोद यादव (32) सित विवाद गर्न थाले। मामिलालाई शान्त गराउन पत्नी र छोरी आउँदा दुवैलाई कमरामा बन्द गरे औं बञ्चरोले हमला गरी छोरा विनोदको हत्या गरिदिए। हत्याको सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले आरोपीलाई हिरासतमा लियो र छोरा विनोदको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो। पुलिसले यस सम्बन्धमा शिकायत लिएर विधिक कारबाही गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी