तीनधारे, 08 सेप्टेम्बर (हि.स.)। खरसाङ महकुमा अन्तर्गत- घैयाबारीको सार्वजनिक भवनमा घैयाबारी ग्राम सुधार समितिद्वारा 25औं स्थापना दिवस समारोह आयोजन गरियो। कार्यक्रममा सिक्किमको प्रतिष्ठित टिस्टा रङ्गीत अविरल कलम पुरस्कारले सम्मानित पत्रकार सञ्जीव लामालाई सम्मानित गरियो।
पत्रकार लामालाई 79औं स्वतन्त्रता दिवसको अवसरमा सिक्किमका मुख्यमन्त्री पीएस गोलेको बाहुलीद्वारा सम्मानित गरिएको थियो। घैयाबारी निवासी पत्रकार सञ्जीव लामा विगत लामो समयदेखि सिक्किममा पत्रकारिता गर्दै आएका छन्।
पत्रकार लामाले गाउँघर मात्र नभएर दार्जिलिङलाई नै गौरवान्वित तुल्याएकोमा घैयाबारीको ग्राम सुधार समितिले उनलाई सम्मान जनाएको हो। यसरी नै ग्राम सुधार समितिको 25औं वर्षगॉंठको अवसरमा केक काटेर समाजका सदस्यहरूमा बधाई एवं शुभकामना आदान प्रदान गरिएको जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / हनोक